Logo

कोरोना कहर : विश्वभर कुल संक्रमित मध्ये ३ करोड निको भए, ज्यान गुमाउनको संख्या ११ लाख नाघ्यो (अपडेट)

कोरोना कहर : विश्वभर कुल संक्रमित मध्ये ३ करोड निको भए, ज्यान गुमाउनको संख्या ११ लाख नाघ्यो (अपडेट)



काठमाडौं । कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या ११ लाख नाघेको छ । वल्डोमिर्टसको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ लाख १४ हजार ५७८ पुगेको हो । पछिल्लो २४ घण्टामा ६ हजार ६५९ संक्रमितको मृत्यु भएको छ ।

सोही अवधीमा ३ लाख ७२ हजार १२० जना नयाँ संक्रमित थपिएका छन् ।

यो सँगै हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ९९ लाख ३८ हजार ५६५ पुगेको छ । यसै विश्वभर हालसम्म २ करोड ९८ लाख ७४ हजार वढी संक्रमित उपचारपछि निको भईसकेका छन् ।

यस्तै ८९ लाख भन्दा वढी संक्रमित उपचाररच रहेका छन् जसमध्ये ७१ हजारको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL