Logo

नेपाल प्रहरीमा ५ हजार बढीलाई जागिरको अवसर, ८ कक्षा पासले आवेदन दिन सक्ने

नेपाल प्रहरीमा ५ हजार बढीलाई जागिरको अवसर, ८ कक्षा पासले आवेदन दिन सक्ने



काठमाडौं । नेपाल प्रहरीले मा ५ हजारभन्दा बढी युवाका लागि आवेदन माग गरेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै ५ हजार २ सय २७ जना जवान भर्नाका लागि दरखास्त आह्वान गरेको हो।

खुला, अमररअशक्त प्रहरी परिवार र समावेशीअन्तर्गत प्रतिस्पर्धा गराई जवान छनोट गरिनेछसूचनामा उल्लेख छ ।

प्रहरी जवानमा भर्ना हुन न्यूनतम शैक्षिक योग्यता ८ कक्षा उत्तीर्ण तोकिएको छ। प्रहरी जवान पदमा भर्ना हुन चाहने इच्छुक नेपाली नागरिकले कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म आवेदन दिन सकिनेछ ।

देशभरका ७४ वटै जिल्ला प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालय र काठमाडौं उपत्यकका तीनवटा प्रहरी परिसरमा दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

Policesuनेपाल प्रहरीमा ५ हजार बढीलाई जागिरको अवसर, ८ कक्षा पासले आवेदन दिन सक्नेchana

प्रतिक्रिया दिनुहोस्
MBL