Logo

कात्तिक ७ मै क्लिफिड नियम लागु गर्न संचार मन्त्रालयको निर्देशन, नभएर कारबाही गरिने

कात्तिक ७ मै क्लिफिड नियम लागु गर्न संचार मन्त्रालयको निर्देशन, नभएर कारबाही गरिने



काठमाडौं । सरकारले आगामी ७ कार्तिकसम्म विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्तं) गर्नैपर्नेगरी निर्देशन दिएको छ । सूचना तथा सन्चार प्रविधि मन्त्रालयले बुधबार एक सूचा जारी गर्दै ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ विदेशी टेलिभिजन च्यानललाई कार्तिक ७ गतेसम्म क्लिन फिड भईसक्नुपर्ने गरी विभिन्न ब्रोडकास्टरहरुलाई निर्देशन दिएको हो ।

भारतीय विभिन्न ब्रोडकास्टरहरुले विभिन्न समयमा क्लिनफिडको म्याद बढाउन अनुरोध गरेपनि ऐनका आधारमा उक्त नियमा लागु गर्नुपर्ने सूचनामा उल्लेख छ ।

मन्त्रालयले ऐनको मर्म र भावना अनुरुप नै क्लिफिडसहितको च्यानल प्रसारण गर्न आग्रह गरेको छ । त्यसो नभएमा कानूनबमोजिम कारबाही हुने मन्त्रालयले जानकारी दिएको छ ।

कात्तिक ७ मै क्लिफिड नियम लागु गर्न संचार मन्त्रालयको निर्देशन, नभएर कारबाही गरिने

प्रतिक्रिया दिनुहोस्
MBL