Logo

काठमाडौं उपत्यकामा आजदेखि होटल तथा रेष्टुरेन्ट सञ्‍चालनमा आउने, सवारीमा जोर-बिजोर भने अझै कायमै

काठमाडौं उपत्यकामा आजदेखि होटल तथा रेष्टुरेन्ट सञ्‍चालनमा आउने, सवारीमा जोर-बिजोर भने अझै कायमै



काठमाडौं । काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले होटल तथा रेष्टुरेन्ट सञ्‍चालनमा लगाएको रोक बिहीबारदेखि हटाइएको छ ।

निषेधाज्ञा सम्बन्धि आदेशहरुको पुनरावलोकन गर्दै टेकअवेमात्र सञ्चालन गर्न दिइएको होटल तथा रेष्टुरेन्टहरुलाई अर्को आदेश नभएसम्म सञ्‍चालन खुला गरिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

प्रशासनले काठमाडौं उपत्यकामा लगाइएको सवारी साधनको जोररबिजोर भने कायमै राखेको छ । निजी र सार्वजनिक सवारीको जोररबिजोर प्रणाली अर्को आदेश नहुन्जेल कायम रहने छ । मन्त्रिपरिषद्ले भोली असोज १ गतेदेखि लामो दूरीका यातायात खुलाउने निर्णय गरिसकेकाले काठमाडौं उपत्यकाबाट बाहिर जाने र उपत्यकामा सवारी साधन प्रवेशलाई अर्को आदेश नहुन्जेल खुला गरिएको छ ।

उपत्यकाका तीनै जिल्लाका प्रजिअले गृह सचिव महेश्वर न्यौपानेसँगको छलफलपछि यस्तो निर्णय गरेका हुन् । काठमाडौं जिल्ला प्रशासनले निषेध गरिएकाहरुका गतिविधिबारे सूचना प्रकाशित गरेको छ ।

जिल्ला प्रशासन कार्यालयको सूचना :

प्रतिक्रिया दिनुहोस्
MBL