Logo

नेपालकै पहिलो ‘सेज’को उद्घाटन्, करिब सय उद्योगमा १० अर्बलगानी थपिँदै

नेपालकै पहिलो ‘सेज’को उद्घाटन्, करिब सय उद्योगमा १० अर्बलगानी थपिँदै


रामराजा श्रेष्ठ
81
Shares

अनिल न्यौपाने
२ मंसिर, बुटवल । निर्माण शुरु भएको करीब ११ वर्ष पछि रुपन्देहीको भैरहवास्थित नेपालकै पहिलो विशेष आर्थिक क्षेत्र (सेज)को उद्घाटन गरिएको छ । मंगलवार आयोजित एककार्यक्रम बीच उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम र उद्योग मन्त्री महेश वस्नतेले संयुक्त रुपमा उक्त सेजको उद्घाटन गरेका हुन् ।

उद्घाटनसँगै रुपन्देहीको वगाह गाविसस्थित नेपालकै पहिलो सेज सञ्चालनको ढोका खुलेको छ । अब चाडै आवश्यक ऐन समेत ल्याएर सेज सञ्चालनमा ल्याइने उपप्रधान तथा गृहमन्त्री गौतमले बताए । १४ वर्ष अघि जन्मिएको सेजको उद्घाटन गर्नपाउँदा खुसी लागेको बताउँदै उनले आवश्यक ऐन बनाएर चाडै सञ्चालनमा ल्याइने बताए ।

bizkhabar_sej photo
उद्योगमन्त्री महेश बस्नेतले सेज उद्घाटन हुनु सकारात्मक भएको बताउँदै अब सरकारले चाडै ऐन ल्याएर सेज सञ्चालन गर्ने बताए । उनले विद्यमान निर्देशिकालाई आधार बनाएर सेज सञ्चालन गरिने बताए । निर्देशिकामा ऐनअनुसार सेवा, सुविधा तथा सहुलियत दिने प्रावधान राखेर सेज सञ्चालनमा ल्याइने भन्दै उनले अब लगानीका लागि तयारी रहन उद्योगीलाई आग्रह गरे ।

bizkhabar_sejphoto
नेपाल चेम्बर अफ कसर्मका पूर्व अध्यक्ष तथा सेज सञ्चालक विकास समितिका सदस्य महेश अग्रवालले भैरहवाको सेजमा १ सय उद्योग सञ्चालन गर्न सकिने बताए । यस उद्योगबाट १५ हजारले रोजगारी पाउने, १० प्रतिशत निर्यात बढ्ने तथा मुलुकको कुलग्राहस्थ उत्पादनमा शून्यदमलव ५ प्रतिशत वृद्धिहुने उनले जानकारी दिए । साथै, १० अर्ब रुपैयाँ लगानी समेत थपिने समेत उनले बताए ।
समितिका निमित्त कार्यकारी निर्देशक सरोज कुमार वैद्यले भैरहवाको सेजको निर्माण ९५ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिदै अब चाडै नै सञ्चालन योग्य बनाईने बताए । ५२ विगाहमा फैलिएको भैरहवा सेजमा ६८ ओटा प्लट रहेको छ । हालसम्म सरकारले भैरहवाको सेजमा ५४ करोड रुपियाँ लगानी गरिसकेको जानकारी दिइएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL