Logo

कोरोना संक्रमितले आफ्नो कपाल झरेको दाबी गरे, डाक्टर भन्छन-६ महिनामा आधा कपाल झर्न सक्छ

कोरोना संक्रमितले आफ्नो कपाल झरेको दाबी गरे, डाक्टर भन्छन-६ महिनामा आधा कपाल झर्न सक्छ



काठमाडौं । कोरोना संक्रमण (कोभिड–१९) बारे हरेक दिनजसो नयाँ–नयाँ तथ्यहरु सार्वजनिक भइरहेका छन् । यसैक्रममा एउटा नयाँ तथ्य बाहिर आएको छ । आईसल्याण्डकी पेगी गोरोलीले आफुमा कोरोना भाईरस परिक्षण पोजेटिभ प्रमाणित भएको २ महिनापछि नुहाउँदा एक गुच्छा कपाल झरेको अनुभव गरिन । उनको कपाल उनलाई कोरोना संक्रमण भएको ३ महिनापछि जुन महिनाको दोस्रो हप्तादेखि झर्न सुरु गरेको थियो ।

गोरोली आईसल्याण्डमा बस्ने ५६ बर्षिय महिला हुन् । उनले हालसम्म पनि आफुलाई निको नभएको अनुभव सुनाएकी छन् । उनमा मार्च ५ देखि कोरोना भाईरसका लक्षणहरु देखिएका थिए । उनले त्यतिखेरैदेखि मालवस्तु किन्न जान तथा भर्याङ चढ्नसमेत अप्ठ्यारो अनुभुति गरेकी थिईन । उनले आफ्नो कपाल झर्नुले ठुलो आघात पुगेको बताएकी छन् ।

तर, उनलाई मात्रै यस्तो समस्या भएकोमा भने उनी यकिन छैनन । फेसबुकको कोभिड १९ बिरामी ग्रुपमा यस्तो लक्षण भएका धेरैजसो मानिसले गुनासो पोखेको पाईन्छ ।

यस्तै उनकी २३ वर्षीय छोरीलाई गत अप्रिलमा कोरोना पोजेटिभ देखिएको थियो । उनको पनि हाल कपाल झनै सुरु भईसकेको छ । यस्तै नायिका अलिसा मिलानाले पनि आफ्ना ईन्स्टाग्राममा आफुमा कोरोना भाईरसको लक्षणसँगै कपाल झर्ने लक्षण देखिएको बताएकी छन् ।

कोरोना भाईरसका बिरामीहरुमा कपाल झर्ने र नबढ्ने लक्षणहरु पछिल्लो समय बढिरहेको डाक्टरहरुले बताएका छन् । डाक्टरहरुका अनुसार उक्त लक्षणले समेत मानिसहरुको मानसिक स्वास्थ्यमा आघात पुगिरहेको छ ।

यस्तै डाक्टरहरुले ६ महिनाको अवधिमा बिरामीहरुले आधाभन्दा बढी कपाल गुमाउनसक्ने बताएका छन् । बिजनेस इन्साइडरबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL