Logo

नागरिक स्टक डिलरलाई नेप्सेको कसी, तोकियो सेयर खरिदबिक्रीको सिमा

नागरिक स्टक डिलरलाई नेप्सेको कसी, तोकियो सेयर खरिदबिक्रीको सिमा



काठमाडौं । नेपाल धितोपत्र बोर्डले स्टक डिलर कम्पनीले गर्ने सेयर खरिदबिक्रीको सिमा तोकेको छ । नागरिक स्टक डिलरले सेयर खरिदबिक्रीको काम सुरु गर्न लाग्दा नेप्सेले स्टक डिलर कार्य संचालन कार्यविधी २०७७ लागू गर्दै त्यस्ता कम्पनीले सेयर खरिदबिक्री गर्ने सिमा तोकेको हो ।

नेप्सेले चुक्ता पूँजीको आधारमा सेयर खरिदबिक्रीको सिमा तोकेको हो । जस अनुसार २० देखि ८ अर्ब रुपैयाँभन्दा माथिको चुक्ता पूँजी भएको कम्पनीहरुलाई ६ भागमा विभाजन गरी सेयर कारोबारको सिमा तोकेको छ । जस अनुसार स्टक डिलर कम्पनीले ८ अर्ब रुपैयाँभन्दा बढी चुक्ता पूँजी भएका कम्पनीको एक पटकमा ५० हजार कित्तासम्म मात्र सेयर खरिदबिक्री गर्न पाउने छ ।

यसैगरी ५ अर्ब देखि ८ अर्ब रुपैयाँसम्म चुक्ता पूँजी भएका कम्पनीको ४० हजार कित्ता, २ अर्ब देखि ५ अर्ब रुपैयाँसम्म चुक्ता पूँजी भएको ३० हजार कित्ता, १ अर्ब देखि २ अर्ब सम्मका चुक्ता पूँजी भएका कम्पनीको २५ हजार कित्ता, ५० करोड देखि १ अर्ब सम्मका २० लाख कित्ता र २० देखि ५० करोड रुपैयाँ चुक्ता पूँजी भएका कम्पनीको १० हजार कित्ता सम्म एक पटकमा खरिदबिक्री गर्न सक्नेछ । तर नेप्सेले २० करोड रुपैयाँभन्दा कम चुक्ता पूँजी भएका कम्पनीको सेयरमा भने नियमित खरिदबिक्री गर्न बन्दे लगाएको छ ।

स्टक डिलर कम्पनीहरुको रिस्क कम गर्नका लागि सेयर खरिदबिक्रीको सिमा तथा कम्पनी छनौटको व्यवस्था गरिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले जानकारी दिए । आफुहरुले अन्तरराष्ट्रिय प्रचलन अनुरुपनै स्टक डिलर संचालन कार्यबिधी ल्याएको समेत उनको भनाई थियो ।

यसैगरी स्टक डिलर कम्पनीले न्युनतम १ हजार कित्ताभन्दा कम सेयर खरिद वा बिक्री गर्न पाउने छैनन् । तर स्टक डिलरले राखेको १ हजार कित्ताको बिक्री अर्डरमा खरिदकर्ताले भने म्याचिङ गराएर १० कित्ता भन्दा बढी जतिपनि किन्न सक्ने साउदले जानकारी दिए ।

यसैगरी नेप्सेले स्टक डिलरलाई सुचिकृत कम्पनीको सेयर खरिद कम्पनी समेत तोकिदिने दिएको छ । जस अनुसार स्टक डिलर कम्पनीले वितग ३ बर्षदेखि लगातार नाफामा गएको, १० हजारभन्दा बढी सेयर सदस्य भएको, बर्षभरीको सेयर कारोबार दिनमध्ये पछिल्लो १ बर्षमा ८० प्रतिशत दिन सेयर खरिदबिक्री भएको र २० करोड रुपैयाँभन्दा बढी चुक्ता पूँजी भएका कम्पनीको मात्र सेयर खरिदबिक्री गर्न सक्नेछ ।

स्टक डिलर कम्पनीले सुचिकृत सेयर खरिदबिक्रीका लागि नेप्सेमा ५० लाख रुपैयाँ नगद वा बैक ग्यारेन्टी धरौटी वापत राख्नुपर्ने छ । त्यसरी राखेको धरौटीको २५ गुणासम्मको सिमा भित्र रहेर कारोबार गर्न पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL