Logo

‘त्रिभुवन विमानस्थलको शौचालय सफा राख’ : विकास समिति

‘त्रिभुवन विमानस्थलको शौचालय सफा राख’ : विकास समिति


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

९ भदौ,काठमाडौं । व्यवस्थापिका संसद अन्र्तगतको विकास समितिले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुधार गर्न निर्देशन दिएको छ । समितिले अपेक्षित भौतिक, प्राविधिक तथा गुणस्तरीय सेवा सुविधा प्रवाह गर्न नसकेको भन्दै सुधार गर्न ४३ बुँदे निर्देशन दिएको हो । विमानस्थलमा शौचालय, खानेपानी, सरसफाई, सजावट लगायतका विषयहरुको व्यवस्थापनमा उचित ध्यान नदिइएको बताइएको छ । देशको एकमात्र अन्तरराष्ट्रिय विमान स्थलको शौचालय फोहोर भएको भन्दै सफन गर्न समेत निर्देशन दिएको छ ।

समितिले स्थलगत निरीक्षण गरि तयार पारिएको प्रतिबेदनमा यस्तो निर्देशन दिइएको छ । सो प्रतिबेदन समितिले मंगलवार सभामुखलाई हस्तान्तरण गरेको छ । प्रदिवेदनमा त्रिभुवन विमानस्थलमा अन्तरराष्ट्रिय विमान तथा यात्रुहरूको दिनानुदिन बढ्दै गरेको चाप, एक मात्र विमानस्थलले पर्याप्त मात्रामा गुणस्तरीय सेवा सुविधा पु¥याउन नसकिरहेको कुरा उल्लेख छ ।

त्यस्तै तत्कालका लागि टिआइए स्तरोन्नति गर्न सकेको अवस्थमा देशले सोचे अनुसारको पर्यटन प्रवद्र्धन, आर्थिक वृद्धि तथा विकास गरी समुन्नत नेपालको निर्माण गर्न सकिने प्रतिबेदनमा उल्लेख छ ।

समितिले धावनमार्गको मर्मत सुधार गर्ने कार्य पर्याप्त मात्रामा नभएको देखिएकोले बैकल्पिक व्यवस्थाको रूपमा निजगढ, भैरहवा, पोखरालगायतका स्थानहरूमा अन्तरराष्ट्रिय तथा क्षेत्रीय विमानस्थल निर्माण गर्न निर्देशन दिएको छ । विमानहरूको उडान तथा अवतरण गर्नको लागि ग्राउण्ड सेफ्टि प्रभावकारी नभएको भन्दै तत्काल सुधार गर्न समेत निर्दिष्ट गरेको छ ।

त्यस्तै एयर साइड्समा एयरलाइन्स तथा सम्बद्ध निकायहरूको उचित व्यवस्थापन हुन नसकेको औल्याएको छ ।त्यस्तै सिनियर सिटिजन तथा ब्रेष्ट फिडिङ रुम साँघुरो भएको, ठाउँ पर्याप्त तथा व्यवस्थित नभएको सो प्रतिवेदनमा उल्लेख छ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल भन्सार कार्यालयले व्यागेज मेकअप एरियामा कन्भेयर बेल्ट र एकसरे मेसिन छुट्टा छुट्टै ठाउँमा राख्दा जाँचपासमा ढिलाई हुने गरेको तथा स्यकानर तथा रेमेसिन पर्याप्त नभएकोमा सो समस्या तत्काल समाधान गर्न निर्देशन दिएको छ ।  विमानस्थल भित्र रहेका विभिन्न निकायहरू बीच समन्वयकारी भूमिको कमी रहेको समितिले बताएको छ । अन्तर्रा्ष्ट्रिय विमानस्थल भित्र रहेका पसलहरूमा एकाधिकार कायम भई मनोमानी मूल्य निर्धारण हुने गरेकोमा सो को समाधान तत्काल गर्न निर्देशन दिएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL