Logo

पुननिर्माणमा चुनौतीका चाङ, प्राधिकरण सिइओ भन्छन् ः एक्सनमा जानुपर्छ

पुननिर्माणमा चुनौतीका चाङ, प्राधिकरण सिइओ भन्छन् ः एक्सनमा जानुपर्छ


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
४ भदौं, काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा हालै नियुक्ती भएका प्रा.डा. गोविन्दराज पोखरेलले पुननिर्माणमा चुनौती नै चुनौतीको चाङ रहेको बताएका छन् । उनले अहिलेको अवस्थामा पुननिर्माण निकै चुनौतीपूर्ण रहेको औल्याएका हुन् ।

Inagural

नेपाल आर्थिक पत्रकार समाजले शुक्रवार काठमाडौमा आयोजना गरेको कार्यक्रमा बोल्दै उनले हुनभुकम्पले सामाजिक विकास तथा आर्थिक संमृद्धिको अवसर समेत दिलाएको भएपनि यो काम चुनौतीपूर्ण रहेको बताए । खासगरी जनशक्ति तथा निर्माण समाग्रीको अभाव, विद्यमान प्रक्रिया तथा प्रणाली, कम गर्न नसक्ने क्षमता, सामाजिक मेलमिलापलगायत विषयले पुननिर्माण चुनौतीपूर्ण रहेको उनको भनाई छ । पुननिर्माणका लागि प्राधिकरण र फिल्डमा जानै दुवै किसिमको मानवशक्ति चाहिएको उनले बताए । त्यस्तै, सरकार,  निजी क्षेत्र र दाताहरुबीचको समन्वय पनि उत्तिकै चुनौतीपूर्ण रहेको उनले बताए । उनले सामाजिक मेलमिलाप बिना पुनर्मिाण सम्भव नहुने भन्दै यसका लागि सचेत गराए । ‘अहिले जातिय, धार्मिक तथा वर्गीय समन्वय तथा साथ सहयोग बढेको छ’ उनले भने, ‘यसले समान विकास गर्दैन, समाजमा मेलमिलाप गराउँदैन ।’

Private Sector 1
सोही अवसरमा अर्थमन्त्री डा. रामशरण महतले पनि पुननिर्माण चुनौतीपूर्ण रहेको औल्याए । यद्यपी पुननिर्माणको काम भने शुरु भइसकेका उनले बताए ।
कार्यक्रममा एसीयाली विकास बैंकका कण्ट्रि डाइरेक्टर केनिजी योकोहामाले सवैले मिलेर पुननिर्माण गर्नुपर्ने बताए । उनले पुननिर्माणका लागि सरकार, निजी क्षेत्र र विकास साझेदारबीच उचित समन्वयनको खाचो रहेको औल्याए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL