Logo

के हामी फेरी हात मिलाउनेछौं ? कोरोना महामारी अन्त्यपछि कस्तो होला विश्वको परिदृष्य ?

के हामी फेरी हात मिलाउनेछौं ? कोरोना महामारी अन्त्यपछि कस्तो होला विश्वको परिदृष्य ?



काठमाडौं । हात मिलाउनु विश्वकै सबैभन्दा प्रचलित अभिवादन हो । कहिल्यै नभेटेको वा नचिनेको मानिसलाई अभिवादन गर्न होस या विजनेस टाईकुनबीच खर्बाैंको डिल गर्न होस यसको प्रयोग जहाँतहीँ छ ।
यसका उत्पत्तीका बारेमा धेरै ईतिहाँसहरु छन । यसको खास उत्पत्ती भने ग्रीसमा भएको र २ व्यक्तिबीच हतियार बीना शान्ती स्थापना गर्नु मानिन्थ्यो । र हात मिलाएर हल्लाउनु भनेको मध्ये युरोपमा तानाशाहाबीच हतियार भएको अरुलाई देखाउनु मानिन्थ्यो ।

तर हाल कैयन बर्षको ईतिहाँस बोकेको हात मिलाउने संस्कारमा प्रतिबन्ध लाग्न सक्ने बताईएको छ । तर यसको सट्टामा कुहिनाहरु जोड्न भने सकिने विज्ञहरु बताउँछन् । स्पर्श गरेर अभिवादन गर्ने परम्परा मानिसमा जस्तै जनावरहरुमा पनि छ । सन १९६० मा अमेरिकन मनोवैज्ञानिक ह्यारी हार्लाेले बाँदरमा पनि यो परम्परा भएको बताएका थिए । यस्तै जिराफहरुले भने आफ्नो घाँटीको स्पर्शमार्फत अभिवादन गर्छन ।

तर २० औं शताब्दीको मध्यतिर ‘डन्ट लुक, डन्ट टच’ एक किताव पब्लीस भएको थियो जसमा बालबालिकालाई गालामा चुप्पा दिने तथा छुने काम बेकार भएको बताईएको । बालबालिकाको गालामा माया गर्नाले तथा अनावश्यक रुमपा माया दर्शाएर छुन खोज्दा किटाणुहरु सर्ने सम्भावना बढी रहने कितावमा उल्लेख छ ।

यस्तै सन १९२० मा अमेरिकास्थित एक जर्नलमा पनि अनावश्यक छुने क्रियाकलापले विभिन्न किसिमका रोगहरु निम्त्याउने खतरा रहने बताईएको थियो । हात विभिन्न खतरनाक जिवाणुहरुका बाहक हुने हुनाले हात मिलाउनु खतरा भएको उल्लेख थियो ।

यस्तै एक वैज्ञानिक अनुसन्धानका अनुसार हात मिलाउनाले मानव शरिरको दिमागले पनि रिफ्रेसमेन्ट पाएजस्तो हुन्छ । जसबाट राम्रो खाना खाएको तथा आराम गरेको अनुभुति हुन्छ ।
अमेरिकाका केही प्रान्तहरुमा लकडाउन केही खुकुलो पारिएको छ । यी प्रान्तहरुमा हात मिलाउनुको भविष्यको बारेमा कुरा चलाउन थालिएको छ । विज्ञहरुका अनुसार आगामी दिनमा भने हात मिलाउने परम्परा भने पहिलेकै जस्तो रहँदैन ।

यसले कोरोना भाईरस मात्रै नभएर इृन्फ्लुयुन्जालगायतका रोगका लागि पनि खतरा बढाउने विज्ञहरुको भनाई छ । अमेरिकी सरकारका अनुसार सामाजिक दुरी कायम गरेसँगै हात मिलाउने परम्परामा पनि निरन्तरता गरिने भएको छ । यसले सामाजिक दुरीसँगै रोग निम्त्याउने कारणमा पनि रोकावट पुग्छ ।

अमेरिकी राष्ट्रपति मात्रै बर्षमा ६५ हजार जनासँग हात मिलाउने गरेको अनुमान गर्न सकिन्छ । जसका कारण एक जनासँग भएको कुनैपनि किटाणु एकैचोटी धेरै जनालाई सर्ने अनुमान गर्न सकिन्छ ।

त्यस्तै मानिसमा भएको यस्तो गुणलाई समाजसँग परिवर्तन गर्न सकिने भएकाले यसको अन्त्य पनि गर्न सकिने विज्ञहरुको भनाई छ । जसका लागि चीनमा हात भन्दा खुट्टा मिलाउने प्रचलन बढाउन थालिएको छ ।

तर विश्वमा धेरै स्थानमा स्पर्श नगरीकनै अभिवादन गर्ने प्रचलन धेरैभन्दा धेरै छ जसको प्रमुख उदाहरण हो बो अर्थात निहुरेर गर्नु अर्थात नेपामला ढोग्नुलाइ पनि यसको उदाहरण मानिन्छ । यसका साथै यस्ता क्रियाकलापहरु विश्भर फैलाउन धेरै जरुरी पनि छ । यस्तै यस्ता अरु पनि क्रियाकलाप छन् जसले स्पर्शबीनै अभिवादनको रुप लिन सक्छन । जस्तै टाढैबाट हात हल्लाउने, मुस्कुराउने, हातले केही सिग्नले देखाउनेलगायतका क्रियाकलाप गर्न सकिन्छ ।

यस्ता क्रियाकलापले अंगालो मार्ने, हात मिलाउनेलगायतका क्रियाकलापजस्तो खतरनाक हुँदैनन । यस्तै मन्द मुस्कुराउनाले पनि अभिवादनको संकेत गर्न सकिन्छ । कोरोनालगायतका मानव जिवन अर्थात अस्तीत्वकै लागि खतरा निम्त्याउने विभिन्न प्रकारका मानविय प्रवृत्तिका कारण हामीहरु नै खतरामा परेका छौं । जसको उन्मुलन गर्नु अत्यन्तै आवश्यक पनि छ ।
बीबीसीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
MBL