Logo

गत वर्ष कुन वाणिज्य बैंकले कति नाफा कमाए ?

गत वर्ष कुन वाणिज्य बैंकले कति नाफा कमाए ?


रामराजा श्रेष्ठ
0
Shares

रामराजा श्रेष्ठ

३१ साउन, काठमाडौं । देशको अर्थतन्त्रलाई बैंशाख १२ गते गएको भुकम्पले असर गरेपनि बैंकिहरुको नाफामा भने खासै असर गरेन । बैंकहरुले जारी गरेको वित्तीय विवरण अनुसार केही बैंक वाहेक प्राःय सवै बैंकले राम्रो नाफा कमाएका छन् ।

आर्थिक वर्ष २०७१/७२ मा निजी क्षेत्रबाट खुलेका बैकमा सवैभन्दा बढी नाफा नविल बैंकले आर्जन गरेको छ । सो बैंकले २ अर्व १० करोड नाफा कमाएको छ । यसैगरी, दोस्रो स्थानमा इनभेष्टमेन्ट बैंक रहेको छ । उक्त बैंकले पनि १ अर्व ९७ करोड नाफा आर्जन गरेको छ ।

वित्तिय विवरण प्रकाशित गरेका निजी क्षेत्रका बैंकहरुमा यस वर्ष ७ वटा बैंकले १ अर्व रुपैयाँभन्दा बढी नाफा आर्जन गरेका छन् । जसमा एभरेष्ट बैंक, स्ट्याण्डर्ड चाटर्ड बैंक, एसवीआई बैंक, प्रभु बैंक र ग्लोवल आइएमई बैंकले पनि १ अर्व रुपैयाँभन्दा बढी नाफा आर्जन रहेका छन् ।

हालसम्म वित्तीय विवरण प्रकाशित गर्ने बैंकहरुको आठौं स्थानमा प्राइम बैंक रहेको छ । पछिल्लो सुमय खुलेको बैंक मध्येमा प्रामइ कमर्शियल बैंकले राम्रो नाफा आर्जन गरेको छ । सो बैंकले गत वर्ष ८० करोड रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको छ ।

यसैगरी ९ औं स्थानमा एनबी बैंक रहेको छ भने १० औं स्थानमा सिद्धार्थ बैंक रहेको छ । हाल वित्तीय विवरण सार्वजनिक भएका २२ वटा बैंकले १८ अर्व रुपैयाँभन्दा बढी नाफा आर्जन गरेका छन् ।

हेर्नुहोस कसले कति नाफा कमाए ?

financial_report_2072 (2)

 

प्रतिक्रिया दिनुहोस्
MBL