Logo

सामुहिक जमानी कर्जा बढ्यो, लघुवित्तको कर्जा–निक्षेप व्याजदर अन्तर तोकिने

सामुहिक जमानी कर्जा बढ्यो, लघुवित्तको कर्जा–निक्षेप व्याजदर अन्तर तोकिने


रामराजा श्रेष्ठ
0
Shares

रामराजा श्रेष्ठ

८ असार, काठमाडौं । लघुवित्त मार्फत प्रदान गरिने सामुहिक जमानी कर्जा ५० प्रतिशतले बढेको छ । हिजो सार्वजनिक गरिएको मौद्रिक नीतिले हाल दिँदै आएको सामुहिक जमानी कर्जालाई बृद्धि गरेको हो । यस अघि सामुहिक जमानीमा बढीमा २ लाख रुपैयाँसम्मको कर्जा प्रदान गर्दै आएकोमा अव ३ लाख रुपैयाँ पुर्याइएको छ । लघुवित्त संस्थाहरुबाट २ वर्षदेखि विपन्न कर्जा उपभोग गरी असल वर्गमा परेका समुहका सदस्यालाई सामुहिक जमानीमा कर्जा उपलब्ध गराईँदै आएको छ ।

यस्तै राष्ट्र बैंकले धितोमा प्रदान गरिने लघुवित्त कर्जालाई पनि बृद्धि गरेको छ । हाल धितोमा ५ लाख रुपैयाँसम्म प्रदान गरिँदै आएकोमा आगामी दिनमा ७ लाख रुपैयाँसम्म प्रदान गर्न पाउनेछन् । कम कर्जा प्रदान गर्दा कृषकले लक्ष्य अनुरुपमा काम गर्न नसकेको गुनासो आएसँगै बृद्धि गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, लघुवित्तको साधनको लागत र कर्जाको ब्याजदरबीचको अन्तर पनि कायम गरिने भएको छ । लघुवित्तले कम व्याजदरमा निक्षेप संकलन गरी अधिक व्याजमा कर्जा प्रबाह गरेको गुनासो बढ्दै गएपछि राष्ट्र बैंकले सो कदम चालेको हो । साथै, नीतिले लघुवित्त कम्पनीलाई एक आपसमा गाभ्न गाभिनका लागि पनि प्रोत्साहन गरेको छ भने वित्तीय पहुँच नपुगेका क्षेत्रमा लघुवित्त खोल्नका लागि सहज रुपमा इजाजत प्रदान गर्ने भएको छ । आगामी दिनमा त्यस्ता संस्थाहरुको न्यून उपस्थिती रहेका स्थानमा मात्र शाखा कार्यालय खोल्न स्वीकृति दिइने मौद्रिक नीतिमा उल्लेख छ ।

राष्ट्र बैंकले बचत थता ऋण सहकारीको अनुगमन गर्नका लागि पनि छुट्टै ऐन बनाउने भएको छ । हाल त्यस्ता संस्थाहरु उच्च रुपमा बढ्दै गएकाले प्रभावकारी नियमन र सुपरिवेक्षणका लागि छुट्टै निकाय तथा ऐन बनाउन लागिएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL