Logo

एयर कार्गोबाट आयात-निर्यात गरिने बस्तुमा भन्सार शुल्क बढ्यो, यस्तो छ नयाँ दररेट

एयर कार्गोबाट आयात-निर्यात गरिने बस्तुमा भन्सार शुल्क बढ्यो, यस्तो छ नयाँ दररेट



काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमार्फत आयात तथा निर्यात गरिने बस्तुमा भन्सार शुल्क बढेको छ । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल नेपाल नागरिक उडड्यन प्राधिकरण कार्यालयको स्वामित्वमा रही नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिबाट संचालित एयर कार्गो बिल्डिङबाट आयात तथा निर्यात गरिने माल सामानहरुको भन्सार शुल्कमा प्राधिकरणले वृद्धि गरेको हो ।

कार्यालयका अनुसार भन्सारबाट आयात गरिने बस्तुलाई मालसामानको प्रकृतिअनुसार साधारण, बहुमूल्य, नाशवान, खतराजन्य र एक्सप्रेस कुरियर व्याग र एक्सप्रेस कुरियर पार्सल र एक्सप्रेस कार्गो गरि पाँच प्रकारमा वर्गीकरण गरेर शुल्क निर्धारण गरिएको छ ।

विमानस्थल सेवा शुल्क नियमावली, २०६७ को पांचौ संशोधन को अनुसूची ८ (८) बमोजिम ‘यस अनुसूचीमा उल्लेख गरिएको माल सामान (कार्गो। प्रवन्ध सेवा दस्तुरहरु प्रत्येक दुई–दुई वर्षमा १०१ प्रतिशत का दरले स्वतः बृद्धि हुनेछ’ भनि उल्लेख भएबमोजिम शुल्क वृद्धि गरिएको कार्यालयले जानकारी दिएको हो ।

बढेको शुल्क आगामी चैत्र ४ देखि लागु हुने कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विमानस्थल दस्तुर नियमावली २०६७ को उक्त अनुसूचीमा उल्लेख भएको दररेटमा दश प्रतिशत वृद्धि गरि कार्गो प्रवन्ध सेवा दस्तुर उठाउन बिमानस्थल भन्सारलाई पत्राचार भइसकेको छ ।
बढेको शुल्क अनुसार साधारण वर्गमा वर्गीकरण गरिएका बस्तु निर्यात गर्दा प्रति के.जी. एक रुपैयाँ दश पैसा वा दुई सय बीस रुपैयाँमध्ये जुन बढी हुन्छ सोही शुल्क लाग्ने र आयात गर्दा प्रति के.जी दुई रुपैयाँ पचहत्तर पैसा बा दुई सय पचहत्तर रुपैयाँ मध्ये जुन बढी हुन्छ सोही शुल्क लिने उल्लेख छ ।

यस्तै बहुमल्य वर्गमा वर्गीकरण भएका बस्तुमा निर्यात गर्दा प्रति के जी. पाँच रुपैयाँ अठासी पैसा वा एकसय दश रुपैयाँमध्ये जुन बढी हुन्छ सोही दस्तुर लिने र आयात गर्दा प्रति केजी. आठ रुपैयाँ असी पैसा वा दुई सय बीस रुपैयाँ मध्ये जुन बढी सोही दस्तुर लिने उल्लेख छ ।

यसैगरी नाशवान बस्तु निर्यात गर्दा प्रति केजी दुई रुपैयाँ बीस पैसा वा दुई सय रुपैयाँ र आयात गर्दा आठ रुपैयाँ असी पैसा वा दुई सय बीस रुपये मध्ये जुन बढी हुन्छ सोही शुल्क लिने उल्लेख छ । यस्तै खतराजन्य बस्तु निर्यात गर्दा प्रति केजी पाँच रुपैयाँ पचास पैसा वा पाँच सय पचास रुपैयाँ मध्ये जुन बढी हुन्छ सोही लिने र आयात गर्दा प्रति केजी सत्र रुपैयाँ साठी पैसा वा चार सय चालीस रुपैया मध्ये जुन बढी हुन्छ सोही शुल्क लिने उल्लेख छ ।

यस्तै एक्सप्रेस कुरियर व्याग र एक्सप्रेस कुरियर पार्सल र एक्सप्रेस कार्गो बस्ुतको निर्यात गर्दा प्रति केजी. पाँच रुपैयाँ पचास पैसा वा एक सय १० रुपैयाँ मध्ये जुन बढी हुन्छ सोही र आयात गर्दा प्रति केजी पाँच रुपैयाँ पचास पैसा वा दुई सय बीस रुपैयाँ मध्ये जुन बढी हुन्छ सोही शुल्क असुल गर्न भनिएको छ । यस्तै एयर कार्गो विल्डिङमार्फत जीवित जनावर आयात व निर्यात गर्दा बहुमल्य मालसामान आयात व निर्यात गर्दा लाग्ने दस्तुरको दोब्बर दस्तुर लाग्ने उल्लेख छ ।

कार्यलयका अनुासर खण्ड (क) मा उल्लिखित ढुवानी महशुल सम्बन्धी नियमावली (एयर कार्गो ट्यारिफ रुल्स) बमोजिम हुने र प्याले टाइजेशन तथा डि–प्यालेटाईजेशन मालसामान धनीको अनुरोधमा कार्यालयको अतिरिक्त समय र विदाको दिनमा मालसामान प्रबन्ध गर्नुपरेमा प्रति पुलिन्दा (कन्साईनमेण्ट) दुई सय बीस रुपैयाँ थप दस्तुर लाग्ने कार्यालयले जनाएको छ ।

यस्तै निर्यात गर्दा पहिलो पहिलो सात दिनसम्मको लागि डिमरेज दस्तुर नलाग्ने र सो अवधिपछि तीस दिनसम्म प्रति केजी वयासी पैसा र एकतीसौ दिन देखि साठी दिनसम्म प्रति केजी. एक रुपैयाँ बयानब्बे पैसा डिमरेज शुल्क लाग्ने पनि कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार आयात गर्दा पहिलो सात कार्य दिनसम्म डिमरेज दस्तुर लाग्ने छैन भने सोे अवधिपछि तीस दिनसम्म प्रति केजी दुई रुपैयाँ बीस पैसा र एकतीसौं दिनदेखि साठी दिनसम्म प्रति केजी दुई रुपैयाँ पचहत्तर पैसाका दरले डिमरेज शुल्क लाग्नेछ । तर, छुट दिईएको अवधिभित्र मालसामान नलगेमा त्यस्तो मालसामान प्राप्त भएको मितिदेखि नै शुल्क लाग्ने बताइएको छ ।
यस्तै विदेशबाट नेपालमा वा नेपालबाट विदेशमा मानव अवशेष ल्याउने लैजाने सिलसिलामा सोको प्रवन्ध गरे वापत कुनै दस्तुर नलाग्ने कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL