Logo

लगानीकर्ताले नरुचाएका अर्थमन्त्री खतिवडालाई बामदेबले देखाए बर्हिगमनको बाटो, अब कसको पोल्टामा जाला अर्थमन्त्रालय ?

लगानीकर्ताले नरुचाएका अर्थमन्त्री खतिवडालाई बामदेबले देखाए बर्हिगमनको बाटो, अब कसको पोल्टामा जाला अर्थमन्त्रालय ?



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ । यससँगै वर्तमान अर्थमन्त्री डा युवराज खतिवडाको अर्थमन्त्रीमा निरन्तरता नहुने भएको छ । बैठकले गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेसँगै खतिवडा बाहिरिने निश्चित भएको हो ।

उद्योगी व्यवसायीसँगै सेयर बजारले नरुचाएका भनिएका अर्थमन्त्री खतिवडाको बर्हिगमन हुने हल्लासँगै केही दिनयता सेयर बजारले वृद्धिको गति लिएको छ । यस्तोमा खतिवडाको निरन्तरता
होला कि नहोला भनेर अन्यौलतामा रहेकाहरुका लागि बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको केन्द्रीय सचिवालय बैठकले खतिवडा बर्हिगमनको स्पष्ट निर्णय दिएको हो ।

राष्ट्रिय सभाको सदस्यमा दुई बर्षीय चिठ्ठा परेका अर्थमन्त्री खतिवडाको पदावधि आगामी फागुन १९ मा सकिन लाग्दा पुनः सोही कोटामा मनोनित भएर आउनेमा ढुक्क रहेका खतिवडालाई एकाएक भएको गौतमको इन्ट्रीले बर्हिगमनतिर बाध्य बनाएको हो ।

संविधानत प्रधानमन्त्रीले ३ जना सदस्य राष्ट्रिय सभाका लागि सिफारिस गर्ने व्यवस्था छ । जसलाई राष्ट्रपतिले मनोनित गर्नेछन् । यहि व्यवस्थाको फाइदा उठाउँदै अर्थमन्त्री खतिवडा समयावधि सकिएपनि राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत पुनः मनोनित भएर आउने तयारीमा थिए ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासिला पात्रको रुपमा राष्ट्रिय सभामा मनोनित भएर अर्थमन्त्री बन्न सफल भएका खतिवडाको बर्हिगमनमा नेपालको आर्थिक क्षेत्र बेखुशी हुने अवस्था नरहेको जानकार बताउँछन् ।

कतिपयले भने प्रधानमन्त्री ओलीको क्याबिनेटमा खतिवडाको बर्हिगमनपछि एउटा बिद्धत सदस्यको अभाव खडकिने बताउँछन् । यस्तोमा अब देशको अर्थतन्त्रको चाबी रहने अर्थमन्त्रालय कसको पोल्टामा जाला भन्नेमा सबैको चासो र चिन्ता बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL