Logo

भूकम्पको पाँच वर्ष : पौने ५ लाख घर निर्माण सम्पन्न, ८० हजारले मात्रै लिए सम्पन्नताको प्रमाणपत्र

भूकम्पको पाँच वर्ष : पौने ५ लाख घर निर्माण सम्पन्न, ८० हजारले मात्रै लिए सम्पन्नताको प्रमाणपत्र



काठमाडौं । भूकम्प गएको झण्डै ५ बर्षमा पौने ५ लाख घर निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार पौने ५ लाख घर निर्माण सम्पन्न भएपनि हालसम्म ८० हजार ७ सय १८ घरले मात्रै निर्माण सम्पन्नताको प्रमाणपत्र लिएका छन ।

laxmi

प्राधिकरणका अनुसार अहिलेसम्म ८० हजार ७ सय १८ घर धुरीको मात्रै निर्माण सम्पन्नताको प्रमाणपत्र वितरण भएको छ । विस २०७२ सालमा गएको भूकम्पमा परि ध्वस्त भएका ८ लाख २८ हजार ६ सय १ घर निर्माण गर्नु पर्ने भए पनि हालसम्म ४ लाख ८४ हजार ५ सय ४२ घर मात्रै निर्माण सम्पन्न भएको तथ्यांक छ ।

प्राधिकरणका अनुसार ३२ जिल्ला मध्ये अति प्रभावित १४ जिल्लाको लाभग्राही संख्या ७ लाख २४ हजार ३ सय ४७ र कम प्रभावित अन्य १७ जिल्लाको १ लाख ४ हजार २ सय ५४ गरि कुल ८ लाख २८ हजार ६ सय १ लाभग्राही रहेको थियो । जस मध्ये ७ लाख ७८ हजार २ सय ५३ लाभग्राहीले सरकारले दिने अनुदानको लागि सम्झौता गरिसकेको छ ।

प्राधिकरणको तथ्याङ्क अनुसार हालसम्ममा ६ लाख ७९ हजार ३ सय ९९ घर निर्माणको चरणमा गईसकेका छन । प्रथम किस्ता रकम लिने लाभग्राहीको संख्या ७ लाख ७३ हजार ५८ रहेको छ । त्यस्तै दोस्रो किस्ता प्राप्त गर्नेको संख्या ६ लाख ३५ हजार ७ सय ५० रहेका छन भने ५ लाख ४२ हजार ५ सय ९७ लाभग्राहीले घर निर्माण गरि अन्तिम किस्तासमेत बुझिसकेका छन ।

सार्वजनिक भवन पुनर्निर्माण

सार्वजनिक भवन पुनर्निर्माण अन्तरगत ७ हजार ५ सय ५३ विद्यालय निर्माण गर्ने लक्ष्य रहे पनि ५ हजार ३ सय ८० मात्रै निर्माण सम्पन्न भएका छन भने १ हजार ७ सय ८७ निर्माणाधिन अवस्थामा रहेका छन् । १ हजार ८ सय ५० स्वास्थ्य संस्थाका भवन मध्ये १ हजार १६ मात्रै निर्माण सम्पन्न भएका छन् भने २ सय २३ भवन निर्माणाधीन अवस्थामा रहेको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै ८ सय ९१ पुरातातित्वक सम्पदाहरुको निर्माण गर्ने लक्ष्य प्राधिकरणले राखेकोमा ३ सय ८७ सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ भने १ सय २३ सम्पदा निर्माणको क्रममा रहेका छन् । ६ सय ६८ सरकारी भवन पुननिर्माण गर्ने लक्ष्य रहेकोमा चालु आर्थिक बर्ष सम्ममा ५ सय ९९ भवन निर्माण सम्पन्न भईसकेको छ भने ६० ओटा भवन अझै निर्माणकै चरणमा छन् ।

त्यस्तै सुरक्षा निकायको ३ सय ८३ भवन मध्ये १ सय ९४ भवनको निर्माण सम्पन्न भईसकेको छ भने २२ ओटा भवन निर्माणकै चरणमा रहेको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL