Logo

२५ जनाले पाए सिआइपी सम्मान, चन्द्र ढकालदेखि राजेशकाजीसम्म सम्मानित (नामावलीसहित)

२५ जनाले पाए सिआइपी सम्मान, चन्द्र ढकालदेखि राजेशकाजीसम्म सम्मानित (नामावलीसहित)



काठमाडौं । सरकारले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने व्यक्ति तथा संस्थालाई दिने महत्वपूर्ण व्यवसायिक व्यक्ति (सिआइपी) सम्मानको अन्तिम सूची प्रकाशित गरेको छ ।

laxmi

बिहीबार प्रकाशित सूचीमा विभिन्न उद्योगी तथा व्यवसायिक व्यक्तित्वहरु समावेश छन् । जसमा नेपाल उद्योग वाणिज्य महासंकी अध्यक्ष भवानी राणादेखि उपाध्यक्ष चन्द्र ढकाल, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, परिसंघका अध्यक्ष सतिश मोरसम्म रहेका छन् ।

छनौट भएका व्यक्तित्वहरुलाई यही माघ २८ मा राष्ट्रिय सभामा कार्यक्रम गरि सम्मान गर्ने कार्यक्रम रहेको व्यापार तथा निकासी प्रर्वद्र्धन केन्द्रले जनाएको छ । यसका लागि सरकारल विभिन्न विधाबाट महत्वपूर्ण योगदान पुर्याउने व्यक्ति तथा संस्थाको सूची तयार गरेको हो ।

ढकाललाई बैंकिङ प्रणालीमार्फत विप्रेषणको कारोबार गरी सबैभन्दा बढी बिदेशी मुद्रा भित्र्याउने व्यवसायी, कम्पनीका तर्फबाट छनौट गरिएको हो । यस्तै राणा, श्रेष्ठ र मोर निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रर्वद्धनात्मक कार्य गरि आर्थिक विकासमा योगदान पुर्याएका व्यक्तित्वका रुपमा छनौट भएका हुन् ।

महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) छनोट, सम्मान तथा सुविधासम्बन्धी कार्यविधि २०७४ अनुसार सिआइपी दिइने भएको हो। सिआइपी दिन व्यक्ति तथा संस्थाको सूची केन्द्रले महत्वपूर्ण व्यावसायिक व्यक्ति छनोट तथा सिफारिस उपसमितिले चयन गरेको हो ।


यस्तो सम्मान पाउने व्यक्तिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिआइपीको दर्जा पाउछन्। उनीहरुका लागि सिंहदरबार तथा उच्चपदस्थहरुसँग भेट्न पनि सहज हुन्छ।

प्रतिक्रिया दिनुहोस्
MBL