Logo

भुकम्पले आधा ईँटा उद्योग ध्वस्त, चिम्नीमा नयाँ प्रविधि भित्र्याईंदै

भुकम्पले आधा ईँटा उद्योग ध्वस्त, चिम्नीमा नयाँ प्रविधि भित्र्याईंदै


रामराजा श्रेष्ठ
0
Shares

रक्षा रेग्मी

असार १९ ,काठमाडौं । नेपालमा सञ्चालित ईंटा भट्टाहरुले नयाँ वातावरणमैत्री चिम्नी स्थापना गर्ने भएका छन् । बैसाख १२ गतेको भुकम्पले ८ सयमध्ये ३ सय ५० ईटा भट्टाहरुमा क्षति पुगेपछि नयाँ बन्ने चिम्नीहरुमा नयाँ प्रविधिको प्रयोग गरिने नेपाल ईट्टा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले जानकारी दिए ।

अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), महासंघ र मिनर्जीले संयुक्तरुपमा नेपालका लागि उपयुक्त चिम्नीबारे अध्ययन गरिरहेका छन् । ‘अहिले हामी वातावरणमैत्री  चिम्नीका लागि उपयुक्त मोडलहरुको अध्ययन गरिरहेका छौं । साउनको मध्यसम्ममा नयाँ डिजाइन म्यानुअल तयार भइसक्छ,’ मिनर्जीका निर्देशक सुयश प्रजापतीले भने । शुक्रवार ललितपुरमा आयोजित ईटा उद्योगमा सुधारका लागि नीति तथा पैरवीसम्बन्धी अन्तक्र्रियामा उनले यस्तो जानकारी दिएका हुन् ।
सो म्यानुअलमा भट्टाको डिजाइन, नक्सा र निर्माण निर्देशिका समावेश हुनेछ ।

प्रजापतिका अनुसार नेपाल र भारतका विज्ञहरुको टीमले उपयुक्त प्रविधिबारे अध्ययन गरिरहेको छ । ती प्रविधिमा आरसीसी फ्रेम, कम्पोजिट, फाइबर र प्रिप्mयाब चिम्नीहरु प्रमुख छन् । उद्योग मन्त्री महेश बस्नेतले ईटा उद्योगीमा नयाँ प्रविधि भित्र्याउन र उपयुक्त नीति निर्माण गरी वातावरण सहज बनाउन सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘उद्योग मन्त्रालय र औद्योगिक प्रवद्र्धन बोर्डले त्यसका लागि काम गरिरहेका छन् । पुनर्निर्माणसँगै आगामी केही वर्ष अर्बौं ईटाको आवश्यकता पर्नेछ,’ उनले भने, ‘त्यसैले उद्योगीका समस्या समाधान गर्न सरकार तयार छ ।’

एउटा घर निर्माणका लागि औसतमा ३० हजार ईटाको आवश्यकता पर्छ । त्यस आधारमा ४ लाख नयाँ घरको पुनर्निर्माण भयो भने पनि सवा अर्ब ईटाको आवश्यकता पर्छ । प्रजापतिका अनुसार एउटा ईटा भट्टाले एक सिजनमा ६ सयदेखि ७ सय टन ईटा उत्पादन गर्छ ।

महासंघका महासचिव शंकरबहादुर चन्दले ईटा उद्योगलाई पनि घरेलु उद्योगसरह सेवा सुविधा दिनुपर्ने माग गरे । विना दर्ता चलेकालाई कानूनी दायरामा ल्याइ यस क्षेत्रमा रहेको अस्वस्थ प्रतिस्पर्धा कम गर्न पनि उनले सरकारलाई सुझाव दिए ।
भुकम्पले नेपालमा सञ्चालित ८ सय ईटा भट्टामध्ये ३ सय ५० मा पूर्ण क्षति पु¥याएको छ ।

उपत्यकामा मात्र १ सय ५ ओटा उद्योगमा क्षति पुगेको छ । क्षति भएका मध्ये ७० प्रतिशत भट्टाको पूर्ण पुनर्निर्माण गर्नु पर्ने व्यवसायीहरु बताउँछन् ।
नेपालको ईटा उद्योगमा ३ अर्ब ६० करोड रुपैयाँ लगानी भएको छ । मुलुककै ठूलो रोजगारदातामध्येको एक यो क्षेत्रमा वार्षिक १ लाख ७५ हजार जनाले रोजगारी पाउने महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL