Logo

महासंघमा सर्वसम्मत नेतृत्वका लागि पूर्वअध्यक्षहरुको एकता, उम्मेदवारी दिन पद त्याग्नुपर्नेमा सहमती

महासंघमा सर्वसम्मत नेतृत्वका लागि पूर्वअध्यक्षहरुको एकता, उम्मेदवारी दिन पद त्याग्नुपर्नेमा सहमती


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवादादता

७ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ रिक्त अध्यक्ष पद सर्वसम्मतरुपमा चयन गर्न पूर्वअध्यक्षहरु सहमत भएका छन् । महासंघका पूर्वअध्यक्षले रिक्त अध्यक्ष पदमा सर्वसम्मत उम्मेदवारीका सक्दो प्रयास गर्ने घोषणा गरेका हुन् ।

काठमाडौंमा सोमवार पत्रकार सम्मेलन गरी पूर्वअध्यक्षहरुले सर्वसम्मत नेतृत्व चयनका लागि जोड दिएका हुन् । उनीहरुले वर्तमान एकताको आवश्यकतालाई ध्यान दिदै गम्भिर भएर सर्वसम्मत अध्यक्ष चयनका लागि विशेष भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन् ।

महासंघका पूर्वअध्यक्ष महेशलाल प्रधानले सर्वसम्मतरुपमा अध्यक्ष चयन गर्न सवै पूर्वअध्यक्ष लागी पर्ने बताए । पद्म ज्योतिले महासंघ साझा धारणा र विचार लिएर अघि बढ्ने संस्था भएकाले यसमा एकता आवश्यक रहेको बताए ।

fncci past president (2)

प्रदीपकुमार श्रेष्ठले महासंघको छविलाई सुधार्न समेत सर्वसम्मत अध्यक्षको चयन हुनुपर्ने बताए । रविभक्त श्रेष्ठले इच्छुक सवै उम्मेदवारसँग छलफल गरेर सर्वसम्मतरुपमा अध्यक्ष चयन गर्न जोड दिने बताए ।

पूर्वअध्यक्ष कुशकुमार जोशीले महाभुकम्पपछिको अवस्थामा निजी क्षेत्रको आवाज एउटै हुन आवश्यक रहेको औल्याए ।

महासंघका निवर्तमान अध्यक्ष सुरज वैद्यले पूर्वअध्यक्षहरुले आफ्नो निकटलाई सम्झाएर भएपनि सर्वसम्मत नेतृत्व चयन गर्ने बताए ।

महासंघका पूर्वअध्यक्षहरुले नयाँ अध्यक्षका लागि उम्मेदवारी नदिने पनि घोषणा गरेका छन् ।

महासंघका अध्यक्ष प्रदीपजंग पाण्डे भ्रष्टचार मुद्दामा पक्राउ परेपछि रिक्त पद पूर्तीका लागि असार १८ गते महासंघको विशेष साधारणसभा हुँदै छ । भावि अध्यक्षका लागि कार्यबाहक अध्यक्ष पशुपति मुरारका, कार्यकारी सदस्य भवानी राणा तथा पाण्डेसँग अध्यक्षमा पराजित भाष्करराज राजकर्णीकार आकांक्षी देखिएका छन् ।

‘अध्यक्षमा उठ्न वर्तमान पद त्याग्नुपर्ने’
नयाँ अध्यक्षमा उम्मेदवारी दिन वर्तमान पदाधिकारीले आफ्नो पद त्याग्नुपर्ने पूर्वअध्यक्षहरुले बताएका छन् । उनीहरुले अध्यक्ष पदको लागि उम्मेदवारी दिन इच्छुकले आफ्नो वर्तमान पदबाट राजनीनामा दिनुपर्ने बताएका छन् । ९ जना पूर्वअध्यक्षहरुले अध्यक्ष पदको उम्मेदवारीमा मनोनयन गर्नुअगावै विद्यमान पदबाट राजीनामा गर्नुपर्नेमा सहमती गरेका हुन् । ‘महासंघका पदाधिकारी कसैले अध्यक्षको उम्मेदवार बन्न चाहेमा वर्तमान पदबाट स्वतः हट्नु नैतिक दायित्व हुने हुँदा मनोनयन गर्नु अगावै उक्त पदबाट राजीनामा गर्नुपर्ने कुरामा छलफल भई सहमती समेत जनाइएको छ’ पूर्वअधयक्षहरुले संयुक्तरुपमा जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

पूर्वअध्यक्षको विज्ञप्ती यस्तो छ

11647139_1667887253432823_358522859_n

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL