Logo

विमानस्थल स्तरोन्नतीमा २ बर्ष ढिलाई

विमानस्थल स्तरोन्नतीमा २ बर्ष ढिलाई


रामराजा श्रेष्ठ
0
Shares

रक्षा रेग्मी

३१ जेठ, काठमाडौं । भुकम्पपछि रोकिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्तरोन्नती कार्य अझै सुचारु हुन सकेको छैन । भुकम्पको डरले स्तरोन्नतीमा संलग्न विदेशी ठेकेदार आफ्नै देश फर्किएपछि काम रोकिएको विमानस्थलका महानिर्देशक वीरेन्द्र श्रेष्ठले बताए । जसले गर्दा स्तरोन्नतीको काम सम्पन्न गर्न ढिलाई हुने उनले जानकारी दिए । ‘विदेशी कामदार कहिले फर्किने निश्चित नभएकोले स्तरोन्नतीको काम अन्योलमा परेको छ,’ उनले भने ।

विमानस्थलको स्तरोन्नती २०१७ भित्र सक्ने भनिएपनि पहिलो चरणकै काम सक्न थप दुई वर्ष लाग्ने देखिएको छ । २ बर्ष अघिदेखी स्तरोन्नतीको काम सुरु गरिएकोमा हालसम्म २० प्रतिशत काममात्र सकिएको श्रेष्ठले जानकारी दिएका छन् । विमानस्थलमा भएको खाल्डाखुल्डी पुर्न समय लागेकाले पनि स्तरोन्नतीमा ढिलाई भएको उनको भनइ छ । ‘विभानस्थलमा पुर्नपर्ने भाग धेरै भएकोले दैनिक ५ सय ट्रक माटो ल्याउन जरुरी छ,’ उनले भने, ‘विमानस्थलमा ाहिरबाट माटो ल्याएर भर्नुपर्ने भएकोले विमानस्थलको स्तरोन्नती सम्पन्न गर्न अझै २ बर्ष ढिला हुने देखिन्छ ।’

माटो भर्ने कामका लागि १ करोड ४ लाख अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । सो कामको जिम्मा स्पेनिस कम्पनी कन्स्ट्रक्टोरा स्याजोसेले पाएको छ ।

भुकम्पअघि भने विमानस्थलको स्तरोन्नती कार्य तीव्र गतिमा अघि बढेको श्रेष्ठले जानकारी दिए । विमानस्थलमा शैचालय बनाउनका लागि टेन्डर खुलाइसकेको छ । विमानस्थलमा यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै फ्रि वाइफाईको समेत व्यवस्था गर्न लागिएको छ । त्यस्तै कार्पेट ओच्छ्याउने, विमानस्थललाई सफा राख्ने, वेटिङ रुममा कुर्ची राख्ने, खाली कोठालाई सिटिजन्स तथा बे्रदिङ रुम बनाउने कार्य अघि बढी श्रेष्ठले जानकारी दिए । विमानस्थलको विस्तार आयोजना पूरा भएपछि धावनमार्ग ३ सय ५० मिटर बढ्नेछ । त्यस्तै, विमानस्थल परिसर बढेर ९० हजार वर्गमिटर हुनेछ ।

सन् २०१९ पछि विमानस्थलले यात्रु तथा हवाई चाप थेग्न नसक्ने भन्दै स्तरोन्नती सुरु गरेको हो । अन्य बैकल्पिक विमानस्थल नवनेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई व्यवस्थित र सहज राख्नका लागि स्तरोन्नति सुरु गरिएको हो ।

पहिलो चरणमा ठेकेदार कम्पनीले धावनमार्गको चौडाइ ३ सय मिटर बढाउने, इन्टरनेसनल एप्रोन र समानान्तर ट्याक्सी–वे निर्माण, ढल, विद्युत् आपूर्ति प्रणाली, हवाई क्षेत्रमा बत्ती जडान गर्ने, पानी सप्लाई, इन्टरनेसनल टमिर्नल भवनको गेटमा नयाँ एप्रोनलगायत बनाउने काम गर्नेछ । एसियाली विकास बैंक (एडीबी)ले विमानस्थल विस्तारका लागि पहिलो चरणको काम गर्न ७० करोड अमेरिकी डलर सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL