Logo

तामाकोशीको सेयर बाँडफाँड यसैहप्ता

तामाकोशीको सेयर बाँडफाँड यसैहप्ता


रामराजा श्रेष्ठ
0
Shares

रामराजा श्रेष्ठ

२४ जेठ, काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयर बाँडफाँड यहि हप्ता गरिने भएको छ । सेयर बाँडफाँडका लागि सम्पूर्ण कार्य सकिएको र हाल अन्तिम चरणमा पुगेको आयोजनको सेयर विक्री प्रवन्धक नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले बताए । आयोजनाले नागरिक कोषलाई निष्काशन तथा विक्री प्रबन्धक तोकेको थियो ।

कोषले सेयर बाँडफाँडका लागि सम्पूर्ण प्रक्रिया पुरा गरेपनि धितोपत्र बोर्डबाट सहमति नआएका कारण रोकिएको पौडेलले जानकारी दिए । ‘दोलखावासी र अन्य संस्थाको लागि एउटै पत्रमा आव्हान गरिएकोले बाँडफाँडका लागि स्वीकृति लिनका लागि झण्डै २ हप्ता अधि बोर्डलाई पत्राचार गरिएको थियो तर हालसम्म त्यसको जवाफ आएको छैन,’ उनले भने, ‘आज वा भोलिसम्म त्यसको आउने सम्भावना भएको र त्यसको ३ दिनभित्रमा सेयर वाडफाँड गरिसक्नेछौं ।’ आयोजनाले दोलखावासी र ऋण लगानी गर्ने संस्थालाई एकैपटक सेयर आवेदन खुला गरेपनि विरोधका कारण दोलखावासीले आवेदन दिन पाएका थिएनन् ।

आयोजनाले पहिलो चरणमा प्रतिसेयर १ रुपैयाँका दरले २ करोड ५४ लाख १६ हजार कित्ता सेयरको लागि आवेदन खुला गरेको छ । जसमा ओजनामा लगानी गर्ने कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले १ करोड ८२ लाख ९९ हजार, ३० लाख ४९ हजार कम्पनीमा ऋण प्रदान गर्ने कम्पनीका कर्मचारी र ४० लाख ६६ हजार नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई छुटट्याइएको थियो । आयोजनामा नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम र राष्ट्रिय बीमा संस्थानले ऋण लगानी गरेका छन् ।

tamakoshi-hydro

आयोजनाले त्यतिवेला २ अर्ब ५४ करोड १६ लाख रुपैयाँ बरावरको सेयर निष्काशन गरेको थियो । तर, सोको लागि १९ अर्ब रुपैयाँभन्दा बढीको आवेदन परेको थियो । जसका लागि २ लाख १० हजार जनाले आवेदन दिएका थिए । जति बढी रकमको आवेदन परेपनि सवैलाई दामासाही सेयर वितरण गरिने भएको छ । पैसाको आधारमा भन्दा पनि आवेदन दिने संख्याको आधारमा सेयर वितरण गरिने कोषले जानकारी दिएको छ । उक्त सेयर दोस्रो बजारमा ३ वर्ष पछि मात्र विक्री गर्न पाइने छ ।

सेयर जारी गरेको मिति अनुसार आयोजनाले जेठ १४ गते अघि नै वितरण गरिसक्नु पर्ने थियो । तर, बैशाखमा १२ गते आएको शक्तिशाली भुकम्पका कारण पछि सरेको थियो ।

निर्माणाधीन ४ सय ५६ मेगावाटको उक्त जलविद्युत् आयोजनाको झण्डै ७५ प्रतिशत निर्माणकार्य सकिएको छ । कुल ३५ अर्व २९ करोड रुपैयाँ लागतमा लाग्ने सो आयोजना स्वदेशी लगानीमा बन्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL