Logo

३ दिनमै ७८ अंकले घट्यो नेप्से, मंगलबार पनि २१ अंकको गिरावट

३ दिनमै ७८ अंकले घट्यो नेप्से, मंगलबार पनि २१ अंकको गिरावट


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१२ जेठ, काठमाडौं । बैशाख १२ गते आएको विनाशकारी भुकम्पसँगै नेप्से परिसुचक पनि लगातार ओरालो लागेको छ । भुकम्पको असरले गर्दा भण्डै १ महिना पछि बजार खुलेको ३ दिनमै नेप्से परिसुचक ७८ दशमलव २ अंकले ओरालो लागेको छ । हाल नेप्से पसिरुचक ओरालो लागेर ८ सय ५९ दशमलव ९७ अंकमा आएर अडिएको छ ।

बजारको खुलेको पहिलो दिन आइतबार नै नेप्से परिसुचक २८ दशमलव २७ अंकले घटेको थियो । यस्तै, दोस्रो दिन पनि २९ दशमलव २९ अंकले ओरालो लागेको छ । बजार खुलेको तेस्रो दिन मंगलबार पनि नेप्से परिसुचक २० दशमलव २६ अंकले घटेको छ ।

बजारमा जलविद्युत्, बीमा, बैंकजस्ता समुहको परिसुचक उच्च रुपमा ओरालो लागेको छ । बजारमा सबैभन्दा बढी जलविद्युत् समुहको परिसुचक ओरालो लागेको छ । ३ दिनमा उक्त समुहको परिसुचक ३ सय ४१ अंकभन्दा बढीले घटेको छ । यस्तै, बीमा समुहको परिसुुचक पनि १ सय ९२ अंकले ओरालो लागेको छ ।

nepse d

बजारमा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि उच्च रुपमा ओरालो लागेको छ । ३ दिनमा सो समुहको परिसुचक ८२ अंकले ओरालो लागिसकेको छ । भुकम्पले बढी भौतिक क्षति पुर्याएपछि बैंक, बीमा तथा जदलविद्युत् क्षेत्रको सेयर उच्च रुपमा ओरालो लागेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

बजारमा कारोवार रकम भने सामान्य रुपमा बढिरहेको छ । बजार खुलेको पहिलो दिन ११ करोड रुपैयाँ बरावरको सेयर कारोवार भएकोमा दोस्रो दिन बढेर १३ करोड ६३ लाख रुपैयाँको सेयर कारोवार भएको थियो । यस्तै आज तेस्रो दिन १६ करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL