Logo

बन्जिजम्पका लागि ४ महिना कुर्नुपर्ने

बन्जिजम्पका लागि ४ महिना कुर्नुपर्ने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

१२ जेठ,काठमाडौं ।  बन्जी जम्प गर्न चाहनेले अझै ४ महिना कुनुपर्ने भएको छ । द लास्ट रिसोर्ट सञ्चालनमा आउन अझै समय लाग्ने हुँदा पर्यटकहरुले  हालै बन्जी जम्प गर्न नपाउने भएको हो ।

बैशाख १२ गते गएको भुकम्प तथा त्यसपछीका पराकम्पनले  भोटेकोसीमा रहेको द लास्ट रिसोर्टमा क्षती पुर्याएको छ ।

क्षतीग्रस्त द लास्ट रिसोर्ट आगामी  सेप्टेम्वर अघि सञ्चालनमा नआउने कम्पनीका एक कर्मचारीले बताइन् । रिसोर्टमा भुकम्पले भौतिक क्षती पुर्याएकोले बैशाख १२ देखि बन्द छ । हाल रिसोर्टको मर्मत सम्भार भइरहेको बताइएको छ ।

साथै द लास्ट रिसोर्टले अगस्टसम्मको बुकिङ क्यान्सिल गरेको जानकारी दिएको छ । ‘सेप्टेम्बर भन्दा अघि सञ्चालनमा ल्याउन नसकिने भएकोले बुकिङ क्यान्सिल गरेका हौं’ एक कर्मचारीले भन्नि ।  सेप्टेक्वरसम्म बन्जिका लागि २ हजार भन्दा बढीले अग्रिम बुकिङ गरेका थिए ।

कम्पनिले सेप्टेम्वर १५ पछिका लागि भने बुकिङ खुल्ला गरेपनि हालसम्म कसैले बुकिङ नगरेको जानकारी दिएको छ । अन्य समयमा सो रिसोर्टमा दैनिक सरदर ४० जना पर्यटक बन्जि जम्पका लागि आउने गर्छन् ।

साथै रिसोर्ट अवलोकन गर्न आउनेको संख्या पनि उल्लेख्य रहने गरेको कम्पनीले जानकारी दिएको छ । भोटेकोशि नदीमाथि गरिने बन्जि पम्पको शुल्क नेपालीहरुका लागि ४ हजार ९ सय र विदेशी पर्यटकका लागि ८५ युरो लिने गरेको छ ।

भोटेकोशी पुलबाट करिव १ सय मिटरमा बन्जी जम्प गराइन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL