Logo

राजस्वमा सार्वजनिक संस्थानको योगदान ६० प्रतिशतले बढ्यो, यी हुन बढी नाफा कमाउने ५ संस्थान

राजस्वमा सार्वजनिक संस्थानको योगदान ६० प्रतिशतले बढ्यो, यी हुन बढी नाफा कमाउने ५ संस्थान



काठमाडौं । सरकारी संस्थानहरु नाफामा जान थालेसँगै राजस्वमा सो योगदान बढेको छ । आर्थिक बर्ष २०७४/७५ मा सार्वजनिक संस्थानले राजस्वमा ९४ अर्ब ६ करोड ८८ लाख रुपैयाँ योगदान गरेको छ । जुन रकम अघिल्लो आर्थिक बर्षको तुलनमा गत आबमा राजस्वमा सरकारी संस्थानको योगदान ५९ दशमलव ७३ प्रतिशतले बढेको हो ।

laxmi

पछिल्यो समय नेपाल आयाल निगम, राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल टेलिकमजस्ता संस्थानहरु उच्च नाफामा जान थालेसँगै राजस्वमा योगदान बढेको हो । कुल राजस्वमा सरकारी संस्थानको योगदान १२ दशमलव ८३ प्रतिशत हुन आउँछ ।

गत आर्थिक बर्षमा सरकारी संस्थानमध्ये नेपाल टेलिकमले राजस्वमा सबैभन्दा बढी योगदान दिएको छ । सरकारी संस्थानबाट राजस्वमा कुल ९४ करोड ६ करोड ८८ लाख योगदान भएकोका नेपाल टलिकमको मात्रै ५४ करोड ३१ करोड रुपैयाँ योगदान रहेको छ ।

हाल सरकारी स्तरबाट संचालित ३९ वटा संस्थानले आर्थिक बर्ष २०७४÷७४ मा ४४ अर्ब ९ करोड खुद आम्दानी गरेका छन् । जसमध्ये सबैभन्दा बढी नेपाल टेलिमकमले १७ अर्ब ४८ करोड खुद नाफा सरकारले प्राप्त गरेको थियो । जुन कुल आम्दानीको ३९ दशमलव ६५ प्रतिशत हुन आउँछ ।

यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि सो आर्थिक बर्षमा ४ अर्ब ४३ करोड खुद नाफा कमाएको छ । साथै अन्य ३ कम्पनी राष्ट्रिय वाणिज्य बैंक, नेपाल आयल निगम तथा कृषि विकास बैंकले क्रमशः ३ अर्ब ६५ करोड, ३ अर्ब ५८ करोड र ३ अर्ब ४४ करोड खुद मुनाफा आर्जन गरेका छन् ।

अर्थमन्त्रालयको सार्वजनिक संस्थानको बार्षिक स्थिती समिक्षा प्रतिवेदनका अनुसार आब ०७४–७५ मा समग्र सार्वजनिक संस्थानको वित्तिय स्थिती सुधारोन्मुख रहेको छ । उक्त आर्थिक बर्षमा संचालनमा रहेका संस्थानको संचालन आय गत आबको तुलनामा २१ दशमलव २७ प्रतिशतले वृद्धि भएपनि नाफा आर्जन गर्ने संस्थानका संख्या भने जम्मा २६ ओटा मात्रै छ ।

हाल नेपालमा सार्वजनिक संस्थानको संख्या भने ३९ ओटा छ । जसमध्ये १३ ओटा संस्थान भने घाटामा रहेको उक्त प्रतिवेदनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL