Logo

अर्थमन्त्री र बेलायती मन्त्रीबीच भेटवार्ता, नेपालमा लगानी गर्न बेलायत ईच्छुक

अर्थमन्त्री र बेलायती मन्त्रीबीच भेटवार्ता, नेपालमा लगानी गर्न बेलायत ईच्छुक



काठमाडौं । नेपालमा लगानी गर्न बेलायतले सकारात्मक भुमिका खेल्ने बताएको छ । अर्थमन्त्री डा युवराज खतिवडासँग बुधबार बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग मन्त्री बरोनले शिष्ट्राचार भेटवार्ता गर्दै लगानीको सम्भावना नेपालमा प्रशस्तै भएकाले लगानी गर्ने जानकारी दिएका हुन । उनले दोहोरो कर प्रणाली मुक्ती सम्बन्धी सम्झौता निर्माणको तयारीमा रहेको बताउँदै बेलायती सरकारले सहयोग र सहकार्य गर्न प्रतिवद्ध रहेको जानकारी दिए ।

उनले प्रस्तावित वैदेशिक सहायता नीतिले गैरसरकारी संस्थालाई समेत समेट्ने विश्वास समेत व्यक्त गरेका छन । भेटमा बेलायती मन्त्रीले नेपालबाट समावेशीताको सिको विश्वले गर्नुपर्ने भन्दै सफल रुपमा सघीयता कार्यान्वयनको चरणनलाई खुलेरै प्रशंशा गरेका हुन ।

अर्थ मन्त्रालयमा भएको भेटमा नेपालको वर्तमान अर्थतन्त्र, राजनीति स्थिरतासँगै विकासको गति र आर्थिक समृद्धिका भावी रणनीतिका बारेमा छलफल भएको थियो ।

भेटमा अर्थमन्त्री खतिवडाले बेलायती सरकार दिपक्ष्ािय दातृ निकायहरु मध्ये सबैभन्दा ठुलो दातृ निकाय भएकोमा धन्यावद दिर्दै आगामी दिनमा पनि सहायता निरन्तरता रहने, वैदेशिक सहायता नीति राष्ट्रिय आवश्यकता र प्राथमिकतामा आधारित हुने गरी सहज बनाउँने तर्फ सरकार सजग रहेको स्पष्ट पारेका छन ।

भेटमा मन्त्री खतिवडाले कृषिमा आधारित उद्योग, पर्यटन, जलविद्युत र भौतिक पूर्वाधारका क्षेत्रमा लगानी आवश्यक रहेको भन्दै सरकारको ध्यान केन्द्रित भएको जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL