Logo

भुकम्प पीडितलाई टेलिकमको पौने २८ करोड सहयोग, पुनःनिर्माणमा १ अर्ब, एमएमएसबाट सहयोग गर्न सकिने व्यवस्था

भुकम्प पीडितलाई टेलिकमको पौने २८ करोड सहयोग, पुनःनिर्माणमा १ अर्ब, एमएमएसबाट सहयोग गर्न सकिने व्यवस्था


बिजखबर संवाददाता
0
Shares

बिजखबर संवाददाता
२८ वैशाख, काठमाडौं । नेपाल टेलिकमले भुकम्प पीडितका लागि पौने २८ करोड रुपैयाँ नगद सहयोग गरेको छ । टेलिकमले कम्पनी र त्यहाँ कार्यरत कर्मचारीका तर्फबाट उक्त सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।
कम्पनीले गत १२ गते आएको विनाशकारी भुकम्पबाट प्रभावितका लागि भन्दै २५ करोड रुपैयाँ नगद उपलब्ध गराएको छ । सूचना तथा सञ्चार सचिव एमव् नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष सुनिल बहादुर मल्लले प्रधानमन्त्री शुसिल कोइरालालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
त्यस्तै, टेलिकमले कम्पनीमा कार्यरत कर्मचारीहरुको तलबबाट २ करोड ७५ हजार ४ सय ७४ रुपैयाँ कोषमा उपलब्ध गराएको छ । टेलिकमका प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्यले आईतबार नै उक्त रकम बराबरको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरे । त्यस्तै, सञ्चालक समितिका पदाधिकारीहरुको ३ वटा बैठक भत्ता बराबरको ८१ हजार ६ सय रुपैयाँ बराबरको चेक समेत प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको हो ।

Pr 2
नेपाल टेलिकमले भूकम्पका कारण क्षतिग्रस्त भएका संरचनाहरुको पुनर्निर्माण गर्नका लागि १ अर्ब रुपैयाँ खर्च गर्ने प्रतिवद्धता गरेको छ । कम्पनीले नेपाल सरकारको निर्देशन एवं योजनाको परिधि भित्र रही आगामी तीन बर्षभित्रमा ऐतिहासिक तथा पुरातात्विक महत्वका संरचना तथा सामुदायिक विद्यालयको पुननिर्माणमा उक्त रकम खर्च गर्ने भएको हो ।
यसअघि टेलिकमले १२ गते भूकम्प गए पश्चातको समय (दिनको १२ बजे) देखि बैशाख १७ गते रातको १२ बजेसम्म १ अर्ब ४६ करोड बराबरको निःशुल्क सेवा प्रदान गरेको थियो । कम्पनीले अहिले पनि अस्थाई शिविरहरुमा वाइफाई हटस्पट सेवा निःशुल्क रुपमा संचालन गर्ने जनाएको छ ।
यससँगै कम्पनीको भुकम्प पीडितलाई ३ अर्ब सहयोग पुगेको छ । कम्पनीले नगद, प्रतिवद्धता र महसुल छुट समेत गरेर उक्त रकम बराबरको सहयोग प्रदान गरेको हो ।
कम्पनीले विनाशकारी भूकम्पबाट प्रभावित जनताको लागि राहत रकम संकलन गर्न समेत गर्ने भएको छ । कम्पनीले आफ्ना ग्राहकलाई  उक्त राहत रकम संकलनमा सहभागी हुन अपिल समेत गरेको छ । टेलिकमका जीएसएम तथा सीडीएमएका ग्राहकले हेल्प टाईप गरी १५०२५, १५०५० तथा १५१०० नम्बरमा पठाएर राहत रकम प्रदान गर्ने सक्ने छन् । हेल्प लेखेर १५०२५, मा एसएमएस पठाउँदा २५ रुपैयाँ, १५०५०मा पठाउँदा ५० रुपैयाँ र १५१०० मा एसएमस पठाउँदा १ सय रुपैयाँ सम्बन्धीत ग्राहकको तर्फबाट राहत कोषका लागि जम्मा हुने कम्पनीले जनाएको छ । यसरी संकलन भएको रकम कम्पीको वेभसाईटमा पारदर्शीरुपमा राख्ने र आवधिक रुपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL