Logo

भुकम्पबाट ५ लाख निजी तथा सरकारी भवनमा क्षती ,४ लाख परिवार घरबार विहीन

भुकम्पबाट ५ लाख निजी तथा सरकारी भवनमा क्षती ,४ लाख परिवार घरबार विहीन


रामराजा श्रेष्ठ
54
Shares

रक्षा रेग्मी

२५ बैशाख, काठमाडौं । गत बैशाख १२ गते आएको भुकम्पबाट देशभरका करिव ५ लाख ८८ हजार निजी तथा सरकारी भवन क्षतिग्रस्त भएका छन् ।

जसमध्ये ५ लाख ४२ हजार निजी र अन्य सकारी भवन रहेको गृह मन्त्रालयले जानकारी दिएको छ । यो जम्मा घरको ७ प्रतिशत हुन आउछ । २०६८ को जनगणना अनुसार नेपालमा जम्मा ५४ लाख ७७ हजार २ सय घर थिए ।

गृह मन्त्रालयका अनुसार देशभरका २ लाख ८८ हजार सय ९८ निजी घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । अन्य २ लाख ५४ हजार १ सय १२ घरमा भने आंशिक रुपमा क्षति पुगेको बताइएको छ ।
जसबाट ४ लाख परिवार घरबार विहीन बनेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

eq

गोरखाको बारपाकमा केन्द्र विन्दु पारेर आएको भुकम्पले गोरखा, धादिङ , नुवाकोट, काठमाडौं ,दोलखा, रसुवा तथा सिन्धुपाल्चोकका घरहरुमा बढी प्रभाव पारेको छ  । त्यसमध्ये दोलखामा सवैभन्दा बढी प्रभाव रहेको मन्त्रालयले जानकारी दिएको छ ।

भुकम्पबाट मृत्यु हुनेको संख्या ७ हजार ८ सय पुग्यो

भुकम्पबाट मृत्यु हुनेको संख्या शुक्रवार सम्म ७ हजार ८ सय ८५ पुगेको छ । त्यस्तै १५ हजार ९ सय ४४ जना घाइते भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेको संख्या १० हजार पुग्ने गृहमन्त्रालयको अनुमान छ । भुकम्पमा परी ३ सय ६६ जना हालसम्म सम्पर्कविहीन रहेका छन् ।

नेपाल प्रहरीका अनुसार २ सय ५५ जना नेपाली र २ सय ११ विदेशी नागरिक हालसम्म सम्पर्कमा आएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
MBL