Logo

मन्त्रालय र प्राधिकरणको प्रस्ताव विना कसरी आयो राजमार्गमा आकस्मिक विमान अवतरण, प्राधिकरणले भन्यो यो सम्भव छैन

मन्त्रालय र प्राधिकरणको प्रस्ताव विना कसरी आयो राजमार्गमा आकस्मिक विमान अवतरण, प्राधिकरणले भन्यो यो सम्भव छैन



काठमाडौं । सरकारले ल्याएको नीति तथा कार्यक्रम अनुसार राजमार्गमा आकस्मिक अवतरण गर्न नसकिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

laxmi

सरकारले शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रिय राजमार्गका उपयुक्त खण्डहरूलाई आपत्कालिन विमान उडान र अवतरण गर्नसक्ने धावनमार्गको रूपमा विस्तार गरिने बताएको थियो ।

तर, प्राधिकरणका उच्च अधिकारीले भने यो कुनै हालतमा सम्भब नहुने बताएका छन । ‘यो एजेण्डा प्राधिकरण वा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट गएको होईन,’ ती आधिकारीले भने, ‘अचानक नीति तथा कार्यक्रममा कसरी आयो त्यो विषयमा हामीलाई जानकारी नै छैन ।’

उच्च स्रोतका अनुसार मन्त्रालय तथा प्राधिकरणले पठाएको एजेण्डा नभएकाले कुन राजमार्ग कसरी प्रयोग गर्ने भन्ने विषयमा हालसम्म कुनै अनुसन्धान तथा अध्ययन भएको छैन । नीति तथा कार्यक्रमलाई पपुलर बनाउनका लागि अन्तिम समयमा राजमार्गमा आकस्मिक जहाज अबतरणको विषय घुसाईएको हुन सक्ने समेत ति अधिकारीको भनाई थियो ।

सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई चौबीसै घण्टा सञ्चालनमा ल्याउने, मौलिक परम्परा र संस्कृति झल्कने गरी उक्त विमानस्थललाई बुटिक अन्तरराष्ट्रिय विमानस्थलको रूपमा रूपान्तरण गरिने बताएको थियो । साथै धावनमार्गलाई आगामी आर्थिक बर्षमा स्तरोन्नती गरिने समेत उल्लेख गरेको छ ।

त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाउने, २४ सै घण्टा संचालन गर्ने विषय सम्भव भएपनि राजमार्गलाई धावनमार्ग बनाउने विषय कुनै पनि हालतमा सम्भव नभएको प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL