Logo

अनुदानको चामल ‘जाँड’ बनाउन प्रयोग, दुर्गमका जनता भोकभोकै

अनुदानको चामल ‘जाँड’ बनाउन प्रयोग, दुर्गमका जनता भोकभोकै


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संवाददाता, काठमाडौं । दुर्गमका नेपाली जनताले भात खान नपाएका बेला जापानले नेपाल सरकारलाई अनुदानमा उपलब्ध गराएको टाइचिन चामल ‘जाँड’ बनाउन प्रयोग हुने गरेको छ । जापान सरकारले नेपालका जनतालाई भात खानका लागि दिएको उक्त चामल जाँड बनाउन बढी प्रयोग हुने गरेको नेपाल खाद्य संस्थानका एक कर्मचारीले जानकारी दिए । ‘टाइचिन चालम गुलियो हुने भएकाले जाँड बनाउन प्रयोग भइरहेको छ,’ ती कर्मचारीले भने, ‘काठमाडौं उपत्यकामा नेवार समुदायका जनताले जाँड बनाउन बढी जसो टाइचिन चामल लैजाने गरेका छन् ।’

सन् २०१२ मा जापान सरकारले नेपाललाई अनुदानमा १९ हजार मेट्रिक टन चालम अनुदानमा उपलब्ध गराएको थियो । त्यसमध्ये अझै १२ हजार क्वीनटल चामल खाद्य संस्थानमै रहेको छ । हाल उक्त चामलको डेट एक्सापाएर हुन लाग्दा समेत विक्री भइसकेको छैन ।

खाद्य संस्थानले यही कात्तिक १५ गतेसम्म दशै तिहारलाई लक्षित गरी संचालन गरेको शुपथ मुल्य पशल संचालनमा ल्याएको थियो । उक्त पशलमा चालम किन्न आएका ग्राहकलेहरुले पनि टाइचिन चामलको जाँड बनाउने गरको बताए छन् ।  ‘अन्य चामको तुलनामा टाइचिन सस्तो र गुलियो हुने भएकाले जाँड बनाउन प्रयोग गरेका छौं,’ एक सेवाग्राहीले भने । हाल बजारमा सामान्य खालको चामलको मुल्य प्रति किलोग्राम ६० रुपैयाँभन्दा माथी रहेको छ । तर, टाइचिन चामल प्रति केजी ४५ रुपैयाँमै पाइन्छ ।
नेपाल खाद्य संस्थानका महाप्रवन्धक डा.शिवहरि श्रेष्ठ भने जापानले दिएको चामल भात खानका लागि मात्र प्रयोग भइरहेको दावी गर्छन । हाल केही व्यक्तिहरुले टाइचिन चामल जाँड बनाउन प्रयाग भइरहेको भन्दै अनावश्यक हल्ला फैलाइरहेको उनले बताए । ‘केही समय अघि टाइचिन चामल जाँड बनाउन प्रयोग हुने गरको गुनासो आएपछि हामीले नेपालगञ्ज, सुर्खेत, दाङलगायतका स्थानमा अनुगमन ग¥यौं,’ उनले भने, ‘तर, कुनै पनि ठाउँमा जाड बनाउन प्रयोग गरिएको भेटिएन ।’ खाद्यले प्रति व्यक्ति १ बोरा मात्र चामल उपलब्ध गराउँदै आएको र धेरै नपाउने व्यक्तिहरुले अनावश्यक हल्ला फैलाएको समेत उनले बताए । हाल टाइचिन चामल खिर, रोटी लगायतका परिकार बनाउन बढी प्रयोग हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL