Logo

जनता बैकका सीईओ भट्टराइद्वारा राजीनामा, बोर्डद्वारा स्वीकृत

जनता बैकका सीईओ भट्टराइद्वारा राजीनामा, बोर्डद्वारा स्वीकृत


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

जनता बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराइले राजीनामा दिएका छन् । बैंक संचालक समितिसँगको असमझदारीका कारण उनले राजीनामा दिएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार भट्टराईले हिजो राजीनामा दिएका हुन् । बैकको हिजो बसेको संचालक समितिको बैठकले उनको राजीनामा हिजै स्वीकृति गरिसकेको छ । राजीनामा दिएकै दिन स्वीकृति गरिनुले पनि व्यवस्थापन र संचालक समितिबीत असमझदारी रहेको उक्त स्रोतको दावी छ ।

उनी झण्डै डेढ वर्ष अधि बैंकको सीईओ भएर गएका थिए । उनलाई बैंकमा प्रवेश गर्दा २ वर्षको नियुक्ती दिएको थियो । तर, उनले सो कार्यकाल पुरा नहुँदै राजीनामा दिएका छन् ।

बैंक छैठौं वर्षमा प्रवेश गरेको छ । आगामी सोमबार वार्षिक साधारणसभा हुँदैछ ।

हाल बैंकको चुक्ता पूँजी २ अर्व ६ करोड रुपैयाँ रहेको छ । बैकमा ८ सय ३७ जना संस्थापक सदस्य रहेको छ । वैकले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १० करोड नाफा गरेको थियो ।

बैंकको ३४ वटा शाखा कार्यालय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL