Logo

‘ रोल आउट प्लान’ बुझाउन स्मार्टलाई प्राधिकरणको निर्देशन ,चैत २३ गतेसम्मको समय

‘ रोल आउट प्लान’ बुझाउन स्मार्टलाई प्राधिकरणको निर्देशन ,चैत २३ गतेसम्मको समय


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१६ चैत,काठमाडौं । दुरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई चैत २३ भित्र रोल आउट प्लान बुझाउन निर्देशन दिएको छ । प्राधिकरणको गत चैत ८ मा बसेको बोर्ड बैठकले २ साताभित्र हालसम्मको प्रगति विवरण र आगामी वर्षको रोलआउट प्लान बुझाउन निर्देशन दिएको हो ।

२ वर्षअघि युनिफाइड लाइसेन्स लिएको स्मार्टको काम सन्तोषजनक नभएकोले विवरण बुझाउन निर्देश्न दिइएको प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले जानकारी दिए । ‘स्मार्टको हालसम्मको प्रगति विवरण तथा आगामी योजनाका आधारमा युनिफाइड लाइसेन्स सम्बन्धमा थप निर्णय गर्नेछ’ उनले भने । २ बर्षअघि युनिफाइड लाइसेन्स लिए पनि स्मार्टले हालसम्म सेवा भने दिन सकेको छैन ।

त्यस्तै प्राधिकरणले युटिएललाई युनिफाइड लाइसेन्स लिनका लागि जेठ ९ गतेसम्म समय थप गरेको छ । सो समितिले २ महिनाभित्र लाइसेन्स लिन सक्ने गरी समय थप गरेको हो । प्राधिकरणले गत फागुन ८ गते युटिएललाई १ महिनाभित्र युनिफाइड लाइसेन्स लिन निर्देशन दिएको थियो ।

एकीकृत दूरसञ्चार लाइसेन्स दिने निणर्य गरेका डेढ बर्ष पुरा गरिसक्दा पनि लाइसेन्स लिन नआएपछि प्राधिकरणले यूटीएललाई १ महीनाको समय दिएको थियो । सो समय गत चैत ८ गते सकिएको थियो । युटिएलले आन्तरिक तयारी नपुगेको भन्दै २ महिनाको समय मागेपछी समितिले म्याद थप गरेको हो ।

युनिफाइड लाइसेन्सका लागि युटिएलले करिव २७ करोड रुपैयाँ बुझाउनु पर्ने छ । लाइसेन्स लिएपछि यूटीएलले जीएमएस, सीडीएमए, पीएसटीएन लगायत कयौं दुरसंचारका सेवाहरु उपलव्ध गराउन सक्छ ।

सरकारले यूटीएललाई ४१ ओटा जिल्लामा ‘लिमिटेड मोबिलिटी’ र स्मार्टलाई २५ ओटा जिल्लामा ग्रामिण दूरसञ्चार सेवा सञ्चालनको अनुमति दिएको थियो । स्मार्टले पूर्वाञ्चल बाहेकका ३ सय ९८ गाउँ विकास समितिमा सेवा पु¥याउनुपर्ने सर्तमा लाइसेन्स पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL