Logo

यस्तो बन्दैछ बसपार्कमा २५ तले भवन, साढे ३ अर्व लगानी (हेर्नुहोस फोटो सहित)

यस्तो बन्दैछ बसपार्कमा २५ तले भवन, साढे ३ अर्व लगानी (हेर्नुहोस फोटो सहित)


रामराजा श्रेष्ठ
27
Shares

रक्षा रेग्मी

१५ चैत,काठमाडौं । राजधानीको पुरानो बसपार्कमा बन्ने २५ तले टावरको काम तीव्र रुपमा अघि बढेको छ । सो सुविधासम्पन्न भवनको विस्तृत अध्ययन प्रतिवेदन(डिपीआर) समेत तयार भइसकेको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।
हाल वातावरणीय प्रभाव मूल्यांकन (इआइए)का लागि वातारण मन्त्रालयमा डकुमेन्ट पठाइएको काठमाडौं महानगरपालिकाका सहप्रवक्ता तथा राजस्व शाखाका प्रमुख महेश काफ्लेले बताए । ‘इआईए रिपोर्ट आएपछी डिपीआर रिपोर्टसहितको टाइअप नक्सा कम्पनीले कामपालाई उपलब्ध गराउनेछ,’ उनले भने, ‘सो नक्सा कामपालाई प्राप्त भएपछी १ महिना भित्र निर्माणको काम अघि बढाउन निर्देशन दिइनेछ ।’ उक्त रिपोर्ट आएपछि मात्र भवनमा कस्ता कोठा बनाउने तथा कोठाको साइज कत्रा हुन्छ भन्ने आंकडा आउने उनले जानकारी दिए ।

कामपाले टावर निर्माणका लािग जलेश्वर, स्वछन्द र विकोइसँग सम्झौता गरेको हो । दुई पक्षबीच फागुन २२ गते अन्तिम हस्ताक्षर भएको थियो । सम्झौता अनुसार ति कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० बर्षसम्म चलाउनेछन् । सम्झौता अनुसार ती कम्पनीले ५ वर्षभित्र सो टावर बनाइसक्नुपर्ने छ । त्यसपछिका २५ बर्ष सञ्चालन अवधि रहनेछ । सम्झौता अनुसार ३० बर्षपछी कम्पनीले सो भवन काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गर्न पर्नेछ । यो नेपालमा हालसम्म बनेका भवनभन्दा पृथक र अत्याधुनिक हुने बताइएको छ ।

बसपार्कमा बहुउद्देश्यीय भवन बनाउने विषय तत्कालीन कार्यकारी अधिकृत गणेश राईले २०६८ सालमा जारी गरिएको काठमाडौ घोषणापत्र उल्लेख गरिएको थियो । त्यसको लगत्तै अर्का कार्यकारी अधिकृत केदारबहादुर अधिकारीको कार्यकालमा प्रस्ताव माग गरिएको थियो । त्यस्तै अधिकारी पछिका कार्यकारी अधिकृत लक्ष्मण अर्यालको कार्यकालमा सो टावरको विषयमा लागत अध्ययन टोली गठन गरिएको थियो । तर, विभिन्न कानुनी तथा अन्य बाधाले गर्दा भवन निर्माणमा ढिलाइ भएको काफ्लेले बताए ।

सो टावरको निर्माण लागत सुरुमा ८१ करोड भनिएको थियो । तर, हाल आएर लागतमा बृद्धि भई रु.३ अर्व ५० करोड पुग्ने अनुमान गरिएको कामपानले जानकारी दिएको छ । साथै, भवन बनाउँदै जाँदा अझै लागत बढ्न सक्ने समेत उनले बताए

के–के हुन्छ टावरमा ?

कामपाले वनाउन लागेको सो २५ तले टावरको सवैभन्दा तल अर्थातग्राउन्ड फ्लोरमा बसको पार्किङ रहनेछ । सो तलामा उपत्यका तथा अरनिको यातायातको पार्किङ गरिने छ । त्यस्तै, त्यसको माथि २ ओटा तलामा हलुका गाडीहरुको पार्किङ रहनेछ । सो भवनमा व्यवस्थित सिनेमा हल, थिएटर, स्वीमिङ पुल, रेष्टुराँ, बैंक तथा कामनपाको वडा कार्यालय समेत रहनेछ । सो भवनमा विभिन्न स्वदेशी तथा विदेशी सामग्रीहरु राखिने कामपाले जानकारी दिएको छ ।
२३ रोपनी जग्गामा बन्दैछ भवन

माटो परीक्षण गर्दा सो स्थानमा ३५ तलासम्म बनाउन मिल्ने नतिजा आएपनि हाललाई भने २५ तलाको मात्र भवन नै बनाउन लागिएको कामपाले जानकारी दिएको छ । भवनका लागि २३ रोपनी ५ आना जग्गा छुट्याइएको छ । जसमध्ये ४० प्रतिशत भुभागमा भवन बन्ने छ भने ६० प्रतिशत खाली राखिने छ । ६० प्रतिशत जग्गामा आकर्षक बगैचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिनेछ ।

11

नेपाली कलाकौशलमा बन्दैछ भवन

महानगर बनाउन लागेको सो भवन नेपाली कला सस्कृति झल्किने खालको हुनेछ । अत्याधुनिक सुविधा सम्पन्न सो भवनको लुक्सले नेपाली कला संस्कृतिको आनन्द दिने काफ्लेले जानकारी दिए । ‘मौलिकपन झल्काउन सोही अनुरुपका बस्तुहरु प्रतिविम्वको रुपमा भवनमा राख्ने छौं,’ उनले भने ।

टुडिँखेलमा पार्किङ बनाइने

बसपार्कमा सो भवनको निर्माण कार्य सुरु गर्न थालेपछी उपत्यका बाहिर तथा भित्रका सवारीको पार्किङ खुल्लामञ्च र टुडिखेलमा गरिने भएको छ ।

त्यस्तै थानकोटका गाडीका लागि नयाँ बसपार्क तथा तिनकुनेमा पनि बस पार्किङको व्यवस्था गरिने कामनपाले जानकारी दिएको छ ।सो भवनबाट उठेको बार्षिक १ करोड ७५ लाख राजस्व काठमाडौं महानगरले पाउने ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL