Logo

भारतमा मोवाइल नम्वर पोर्टाविलीटी सुरु, के नेपालमा सम्भव छ ?

भारतमा मोवाइल नम्वर पोर्टाविलीटी सुरु, के नेपालमा सम्भव छ ?


रामराजा श्रेष्ठ
0
Shares

 रक्षा रेग्मी

१५ फागुन,काठमाडौं । छिमेकी मुलुक भारतले मोवाइल नम्वर पोर्टाविलीटी (एमएनपी) सेवा सुरु गर्ने घोषणा गरेको छ । हालै भारतीय दुरसञ्चार नियामक प्राधिकरणले आगामी मे ३ देखि सो सुविधा उपलब्ध घोषणा गरेको हो । तर धेरै अघि देखि एमएनपीको चर्चा चलेको नेपालमा भने यो सेवा सञ्चालनमा आउने नआउने अन्यौल छ ।

एउटै मोबाइल नम्बरमा दूरसञ्चार सेवा प्रदायक परिवर्तन गर्न पाउने सुविधालाई एमएनपी भनिन्छ । यो सुविधा उपलब्ध भएमा आफुले प्रयोग गरिरहेको कम्पनीको नेटवर्क मूल्य वा गुणस्तर कमजोर भएमा उपभोक्ताले सोही नम्बरबाट अर्को कम्पनीको सेवा लिन पाउँछन् ।

त्यसले कुनै ठाउँमा आफुले सेवा लिएको दूरसञ्चार कम्पनीको सेवा उपलब्ध छैन भने पनि उपभोक्तालाई समस्या पर्दैन किनकि उनीहरुले आप्mनै मोबाइल नम्बरमा त्यहाँ उपलब्ध नेटवर्कमार्पmत सेवा लिन सक्नेछन् ।

नेपालमा गत बर्षदेखि चर्चा चनेको एमएनपी विभिन्न प्राविधिक कारणले सञ्चालनमा आउन नसकेको बताउँछन् नेपाल दुरसञ्चार प्राधिकरणका उपनिर्देशक मिनप्रसाद अर्याल । उनका अनुसार नेपालका मोवाइल सेवा प्रदायकहरुको ग्राहकको संख्या सन्तुलीत नहुँदा  एमएनपी सञ्चालनमा आउन नसकेको हो ।

तर, जानकारहरु भने नेपालका दूरसञ्चार कम्पनीहरु नै यसमा अनिच्छुक रहेकाले एमएनपी लागू हुन नसकेको हो । आपूmले ग्राहक गुमाउने डरले दूरसञ्चार सेवा प्रदायकहरु एमएनपीमा जान अनिच्छुक बनेको उनीहरुको भनाइ छ ।

अर्याल भने आगामी वर्षसम्म नेपालमा पनि एमएनपी सञ्चालनमा आउने बताउँछन् । एमएनपी सेवा सञ्चालनका लागि हाल अध्ययन भइरहेको उनको भनाइ छ । ‘अवको ६ महिनाभित्र सो अध्ययन सकिन्छ’, अर्यालले भने ‘त्यसलगतै सेवा सुरु गर्ने छौं ।’

प्राधिकरणमा लामो समय अध्यक्षको पद खाली रहेकोले पनि यसमा कुनै प्रगति नभएको प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्र बताउँछन् । उनी पनि एमएनपी चाँडै नै शुरु हुने बताउँछन् । यसका लागि परामर्शदाता समेत छनोट गरिसकेको मिश्रले जानकारी दिए ।

आफुले प्रयोग गरिरहेको सेवा प्रदायकबाट चित्त नबुझेमा ग्राहकले अर्को प्रदायमा इंगेज हुनु पाउनु पर्ने ग्राहकहरुको हकको कुरा भएपनि सेवा प्रदायकहरु भने यसमा इच्छुक नभएको मिश्रको भनाइ छ । ‘सेवा प्रदायक कम्पनीहरु आफ्नो ग्राहक अन्य प्रदायक तिर जाने डरले पनि यसमा इच्छुक छैनन्’, उनले भने ‘तर ग्राहकको अधिकारको कुरा भएकोले यो लागु गर्न आवश्यक छ ।’ मन परेको सेवा प्रदायक रोज्न पाउने ग्राहकको अधिकार भएकोले यो आवश्यक भएको उनले जानकारी दिए ।

साथै यसले सेवा प्रदायक विच प्रतिशपर्धा बढाउने र ग्राहकले गुणस्तर सेवा उपयोग गर्न पाउने मिश्रले जानकारी दिए ।

मोवाइल नम्वर पोर्टाविलीटीका लागि यसका लागि तेस्रो पक्षको व्यवस्था भइसकेको छैन । ग्राहकले कुनै सेवा प्रदायक छाडेर अर्कोमा जान चाहेमा क्लियरिङ हाउस (तेस्रो पक्ष)मा गएर निवेदन दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL