Logo

साधारणमा निक्षेपमा एकैपटक २.५ प्रतिशतले बढ्यो ब्याज

साधारणमा निक्षेपमा एकैपटक २.५ प्रतिशतले बढ्यो ब्याज


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बैंकहरुले साधारण निक्षेपमा पनि ब्याजदर बढाएका छन् । केही समयअघिसम्म मुद्दती निक्षेप तान्न ब्याजदर बृद्धिमा होडबाजी गरेका बैंकहरुले पछिल्लो समय साधारण निक्षेपमा पनि ब्याजदर बढाउन थालेका हुन् ।

बैंकर्सहरुबीच मुद्दतीमा एउटा सीमाभन्दा बढी ब्याज नबढाउने सहमति गरेपछि अहिले साधारण निक्षेपमा ब्याजदर बढाउन थालेका छन् । सोही अनुरुप सिभिल बैंकले ‘मुद्दतिमा पनि उच्च बचतमा पनि उच्च’ योजना सार्वजनिक गरेको छ । जस अनुसार सिभिलले विज्ञापन नै गरेर साधारण निक्षेपमा सबैभन्दा बढी साढे ८ प्रतिशत ब्याजको योजना सार्वजनिक गरेको छ ।

बैंकहरुले साधारण निक्षेपमा ब्याजदर बढाउँदा साधारणबचतकर्तालाई बढी फाइदा पुग्ने छ । यस अघि बैंकहरुले मुद्दतिमा ब्याजदर बृद्धि गर्दा संस्थागत र ठूला निक्षेपकर्तालाई मात्र बढी फाइदा पुगेको थियो । साधारण निक्षेपमा ब्याजदर बृद्धि गर्दा समग्र निक्षेपकर्तालाई फाइदा पुग्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् । यसअघि साधारण निक्षेपको ब्याज अघिकतम ६ प्रतिशतसम्म रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL