Logo

आक्रमक रुपमा बजार विस्तार गर्दै स्पाइस मोवाइल, १ महिनाभित्र १२ वटा मोडल ल्याउने

आक्रमक रुपमा बजार विस्तार गर्दै स्पाइस मोवाइल, १ महिनाभित्र १२ वटा मोडल ल्याउने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

७ फागुन, काठमाडौं । नेपालमा स्पाइस मोवाइले आक्रमक रुपमा बजार विस्तार गर्ने भएको छ । उक्त फोनलाई भर्खरै मात्र औद्योगिक घरना ज्योति समुह अन्तरगतको स्टार्क टेक कम्पनीले नेपाल भित्र्याएको थियो । हाल स्पाइस मोवाइलको अनलाइन लञ्च मात्र गरेको र आगामी १ महिना भित्र अफिसियल रुपमा भित्र्याइने स्टार्क कम्पनीका अध्यक्ष शौरभ ज्योतिले बताए । ‘हामीले स्पाइसको ‘एन्ड्रोइड वान’ मोवाइल अनलाइन लञ्च गरका हौं,’ उनले भने, ‘आगामी १ महिनामा भित्र स्पाइसको १२ भन्दा बढी मोडलका मोवाइहरु अफिसियल रुपमा ग्राण्ड लञ्च गर्ने छौं ।’

गुगलको सफ्टवेयर र स्पाइसको हार्डवेयर हरेको उक्त मोवाइल लञ्चका लागि गुगल र स्पाइसको प्रतिनिधिहरु आउनेछन् ।

कम्पनीले स्पाइस मोवाइल विक्रीका लागि देशभर २ हजार ५ सय वटा रिटेलर सेन्टर स्थापना गरिने भएको छ । जसमध्ये काठमाडौं उपत्यकामा ४ सय वटा रिटेल सेन्टर रहने छ । देशमा सवैजसो स्थानामा स्पाइसको विक्री केन्द्र स्थापना गर्न लागिएको ज्योति बताउँछन् । यस्तै, ग्राहकलाई विक्री पछिको सेवा दिनका लागि २५ वटा सर्भिस सेन्टर स्थापना गर्ने भएको छ । हाल कम्पनीले एन्ड्रोइड वानको अनलाइन विक्री खुला गरेको छ । तर, अफिसियल लञ्च गरेपछि सम्पूर्ण केन्द्रबाट विक्री शुरु गरिने छ ।

कम्पनीले स्पाइसको फिचरफोन र स्मार्ट फोन गरी दुइ थरीका मोवाइल ल्याउनले भएको छ । उक्त मोवाइको मुल्य हाल बजारमा पाइने अन्य फोनभन्दा सस्तो रहने कम्पनीले बताएको छ । कम्पनीले बजारमा ल्याउन लागेको फिचर फोनको न्युनतम बजार मुल्य १ हजार ४ सय ८० रुपैयाँ मात्र रहने छ । सो फोनमा पनि वायरलेस एफएम, क्यामरा, हेड फोन ज्याक, मेमोरीलगायतका सम्पूर्ण सुविधा रहनेछ ।

यस्तै, हाल बजारमा ल्याउन लागिएको स्पाइसको स्मार्ट फोनको अधिकतम बजार मुल्य १५ हजार ६ सय ८० रुपैयाँसम्मका हुनेछन् । उक्त फोनमा पनि अन्य स्मार्ट फोनमा पाइने सुविधाहरु उपलब्ध हुनेछन् ।

कम्पनीले बजारमा स्पाइसको मोवाइल लञ्च गरेको १ वर्ष भित्र नेपालको मोवाइल बजारको १० प्रतिशत बजारहिस्ता लिने ज्योतिको दावी छ । ‘स्पाइसको मोवाइलमा सस्तो हुनुका साथै विभिन्न खालका विशेषता रहेका छन्,’ उनले भने, ‘जसले गर्दा स्पाइसको मोवाइललाई ग्राहकले रुचाउनेछन् ।’

आफुहरुले ग्रामिण क्षेत्रका जनतालाई लक्षित गरी उक्त मोबाइलको बजारिकरण गर्ने ज्योतिले जानकारी दिए । नेपालका आम जनतालाई मोवाई फोन सुविधा पुर्याउनका लागि पनि स्पाइसको मोवाइल नेपाली बजारमा ल्याइएको कम्पनीले बताएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL