Logo

तरकारीको भाउ आकासिदा ४ प्रतिशत पुग्यो मूल्यबृद्धि

तरकारीको भाउ आकासिदा ४ प्रतिशत पुग्यो मूल्यबृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कात्तिक महिनामा उपभोक्ता मुद्रास्फीति बढेर ३ दशमलब ९ पुगेको छ । असोजमा ३ दशमलब १ प्रतिशत रहेको मुद्रास्फीति कात्तिकमा बढेर ३ दशमलब ९ प्रतिशतमा पुगेको हो ।

तरकारी, मदिराजन्य पेय पदार्थलगायतमा भएको मूल्य वृद्धिले उपभोक्ता मुद्रास्फीति बढेको नेपाल राष्ट्र बैंकको आइतबार सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।

अघिल्लो वर्षको सोही अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ८ प्रतिशत रहेको थियो ।
त्यस्तै खाद्य मुद्रास्फीति समीक्षा अवधिमा खाद्य मुद्रास्फीति २ दशमलब ३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति २ दशमलब ६ प्रतिशत रहेको थियो।

गत वर्षको तुलनामा यस समूह अन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा २४ दशमलबव १ प्रतिशतले कमी आएको छ । त्यस्तै मसलाको मूल्यमा ५ दशमलव ५ प्रतिशतले कमी आएकोले समग्र खाद्य मुद्रास्फीति न्यून रहन गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

तर,समीक्षा महिनाको तरकारीको मूल्य सूचकाङ्क गत महिनाको तुलनामा ९ दशमलब ६ प्रतिशतले वृद्धि भएको कारण समीक्षा महिनामा मात्र खाद्य मुद्रास्फीति १ दशमलब ३ प्रतिशतले बढेको छ ।

त्यस्तै समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ५.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति ६ दशमलव ५ प्रतिशत रहेको थियो ।

यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण, हाउजिङ तथा युटिलिटी, स्वास्थ्य लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा कम रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL