Logo

गल्छी- त्रिशुली सडक दैनिक ८ घण्टा बन्द !

गल्छी- त्रिशुली सडक दैनिक ८ घण्टा बन्द !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गल्छी त्रिशुली सडकमा दैनिक ८ घण्टा सवारी आवतजावत रोकिने भएको छ । सडक विस्तार गर्ने उद्देश्यसहितसवारी आवतजावत रोकिने गल्छी त्रिशुली मैलुुङ रसुवागढी रोड प्रोजेक्टका परियोजना प्रमुख सुवोध देवकोटाले बताए ।

उनका अनुसार दोश्रो चरणको निर्वाचन पश्चात सो सडकखण्डमा दैनिक ८ घण्टा सवारी आवागमन रोकिने छ । यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै चुनाव पछी मात्र सडक विस्तर गर्ने योजना रहेको उनले सुनाए । उनका अनुसार विहान ७ देखि ११ र १ देखि ५ बजेसम्म सडक विस्तारको काम गरिने छ । अन्य समयमा भने सवारी चलाउन सकिने देबकोटाले जानकारी दिए ।

सडक विस्तारका क्रममा ढुंगा खस्नेलगायत बाट दुर्घटना हुनसक्ने भन्दै सवारी आवागमनमा रोक लगाउन लागेको हो ।

देवकोटाका अनुसार सो सडकखण्डमा हाल सवारी चाप कम भएको उनले बताए । पहिला नुवाकोट तथा रसुवा जाने अधिकांश गाडी त्यहीबाटो जाने भए पनि अहिले साना गाडी झोरबाट जान थालेपछी चाप कम भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL