Logo

ढुक्क भएर नेपाल घुम्न होटल सङ्घको आह्वान

ढुक्क भएर नेपाल घुम्न होटल सङ्घको आह्वान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । होटल सङ्घ नेपाल(हान)ले प्रादेशिक र प्रतिनिधि सभाको निर्वाचन अगाडी विभिन्न देशले आफ्ना नागरिकको सुरक्षाको दृष्टिकोणबाट ट्रभल एड्भाइजरी जारी गरेकोमा ढुक्क भएर नेपाल घुम्न पर्यटकलाई आह्वान गरेको छ ।

निर्वाचनको समयमा पनि नेपाल आउने पर्यटकको आतिथ्यता र सुरक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता पनि हानले जनाएको छ ।

हानले चुनावको समयमा नेपाल आउने पर्यटकहरुको पुर्ण सूरक्षा गराउन सूरक्षा निकाय लगायत सरकारवाट समेत निर्देशन जारी गर्न माग गरेको छ ।

सन् २०१७ मा हाल सम्मकै सबैभन्दा बढी १० लाख पर्यटक भित्रीने अवस्थावाट अघि बढेको पर्यटन उद्योगमा निर्वाचनबाट पर्यटक आगमन प्रभावित हुन नदिन हानले सम्बन्धित सबैलाई सुरक्षाको अधिकतम प्रत्याभूति हुने गरी काम गर्न आह्वान पनि गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL