Logo

प्रभुले ग्राण्ड बैंक किन्यो , आजै साँझ सम्झौता हुने, स्वाप रेसियो रु. ६७ को आसपासमा

प्रभुले ग्राण्ड बैंक किन्यो , आजै साँझ सम्झौता हुने, स्वाप रेसियो रु. ६७ को आसपासमा


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संवाददाता

१५ माघ, काठमाडौं । प्रभु बैंकले ग्राण्ड बैंकलाई किन्ने भएको छ । प्रभुले ग्राण्डलाई एक्वीजीसन गर्नका लागि आजै साझ समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ । अहिलेसम्म बेलुका हस्ताक्षर हुने तय भएको प्रभु बैंकका निमित्त प्रमुख कार्यकारी निर्देशक अशोक शेरचनले बताए ।

ग्राण्ड बैंकलाई एक्वीजीसन गर्नका लागि प्रभु बैंक संचालक समितिले केही समय अघि नै निर्णय गरेको थियो । यस्तै, ग्राण्ड बैंक संचालक समितिले पनि बुधबार मात्रै सोे निर्णय गरेको हो ।

मर्जमा जाँदा बैंकको सेयर स्वाप रेसियो १ सय रुपैयाँ र ६७ रुपैयाँको हाराहारीमा हुने छ । जस अनुसार प्रभु बैंकको १ सय रुपैयाँ हुने छ भने ग्राण्डको ६७ रुपैयाँ आसपासमा हुने छ ।
यस्तै प्रभुले खारेजी प्रक्रियामा रहेको नेपाल विकास बैंक पनि किन्ने भएको छ ।

बजारमा प्रभु बैंकको प्रति सेयर मुल्य ३ सय ७ रुपैयाँ रहेको छ भने ग्राण्ड बैंकको १ सय ८५ रुपैयाँ रहेको छ । हाल ग्राण्डको बैंकको चुक्ता पूँजी २ अर्व रुपैयाँ रहेको छ । त्यसैगरी प्रभु बैंकको चुक्ता पूँजी ३ अर्व २० करोड रुपैयाँ रहेको छ । यही भदौंमा किष्ट, प्रभु विकास बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स एक आपसमा मर्ज भएर प्रभु बैंक बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL