Logo

पाँच देशमै सिमित नेपालको वैदेशिक रोजगारी

पाँच देशमै सिमित नेपालको वैदेशिक रोजगारी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३० पुस, काठमाडौं । नेपालको वैदेशिक रोजगारी ५ देशमा मात्र सिमित हुन पुगेको छ । विशेषगरी नेपाली कामदारहरु समय मलेशिया र खाडीका केही मुलुकमा मात्र रोजगारीमा गइरहेका छन् ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो ५ महिनामा विभिन्न देशमा गरी कुल २ लाख २५ हजार कामदार रोजगारीका लागि गएका  छन् । तर, त्यसको झण्डै ९६ प्रतिशत अर्थात २ लाख १६ हजार कामदारहरु ५ देशमा मात्र पुगेका छन् ।
चालू आवको पहिलो ५ महिनामा सवैभन्दा बढी कामदार मलेशियाको रोजगारीमा पुगेका छन् । सो अवधिमा मलेशियामा १ लाख ६ सय कामदार रोजगारीका लागि पुगेको नेपाल वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो समय मलेशियन सरकारले विदेशी कामदाको न्युनतम तलव बृद्धि गरेर ९ सय पु¥याएपछि उक्त देशमा जाने नेपाली कामदारको संख्या बढेको हो ।

त्यसैगरी, खाडी मुलुकहरुमा साउदी अरब, कतार, संयुक्त अरव इमिरेट्स, कुवेतलगायतका देशमा धेरैजसो नेपाली कामदार रोजगारीमा गइरहेका छन् । विभागको तथ्याङ्क अनुसार नेपाली कामदारको दोस्रो रोजाइमा कतार रहेको छ । सो अवधिमा ५१ हजार ७ सय भन्दा बढी नेपाली कामदार कतारको रोजगारीमा पुगेका छन् ।

uae-abudabi

साउदी अरवको रोजगारीमा ३६ हजार ३ सय जना कामदार पुगेका छन् भने संयुक्त अरव इमिरेट्स (युएई)मा २३ हजार २ सय कामदार पुगेका छन् । त्यसैगरी, कुवेतमा ४ हजारभन्दा बढी कामदार रोजगारीका लागि गएका विभागको तथ्याङ्कमा उल्लेख छ ।
सरकारले नेपाली कामदारलाई १ सय ९ देशमा संस्थागत रुपमा म्यानपावर कम्पनी मार्फत पठाउन खुला गरेको छ । त्यसैगरी, १ सय ५० भन्दा बढी देशमा व्यक्तिगत रुपमा नेपाली कामदारहरु रोजगारीका लागि गइरहेका छन् ।

सरकारले नेपाली कामदारलाई रोजगारीमा जान धेरैवटा देश खुला गरेपनि बजारिकरण गर्न नसक्दा थोरै मुलुकमा मात्र सिमित हुनु परेको श्रम तथा रोजगार राज्य मन्त्री टेकबहादुर गुरुङले बताउँछन् । ‘सरकारले नेपाली कामदारलाई यूरोप अमेरिकालगायतका विकशित मुलुकमा पनि रोजगारीमा जान खुला गरेको छ,’ उनले भने, ‘तर, त्यस्ता देशमा सम्बन्धित देशका एजेन्ट तथा नेपालका म्यानपावर व्यवसायीले तोकेको भन्दा बढी लागत खर्च लिँदा नेपाली कामदार रोजगारीमा जान वञ्चित भएका छन् ।’ बढी खर्च लिएकै कारण नेपाली कामदारहरु इजरायल, जापान, पोर्चुगलजस्ता देशमा जान नसकेको मन्त्रालयको भनाइ छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंशराज वाग्ले भने सरकारले बजारिकरण गर्न नसक्दा नेपालको वैदेशिक रोजगारी केही मुलुकमा मात्र सिमित हुन पुगेको बताउँछन् । सरकारले बजारिकरणका लागि वैदेशिक रोजगार प्रवद्र्धन वोर्डको स्थापना गरेपनि हाल उसले केही पनि नगरेको उनको आरोप छ ।

वाग्लेका अनुसार नयाँ–नयाँ मुलुकबाट कामदार मागपत्र ल्याउन सरकारले बजारिकरण गर्नुपर्छ । हाल नेपालका म्यानपावर व्यवसायीले शुरु देखिनै आफ्नो सम्बन्ध भएका मुलुकबाट मात्र मागपत्र ल्याइरहेको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL