Logo

‘एक्लै जिन्दगी विताउनुको मज्जै बेग्लै’

‘एक्लै जिन्दगी विताउनुको मज्जै बेग्लै’


रामराजा श्रेष्ठ
0
Shares

विहान कति बजे उठ्नुहुन्छ ?

प्रायः साढे ६ बजे । जाडो महिनामा ७  पनि बज्छ ।

त्यसपछि के गर्नुहुन्छ ?

भ्याएसम्म वर्कआउट गर्छु । क्लव जान्छु ।

दैनिक कार्यतालिका कसरी बनाउनु भएको छ ?

सवैभन्दा पहिला इमेल चेक गर्छु । महत्वपूर्ण छन् भने तत्कालै रिप्लाई गर्छु । यसैगरी हाम्रो नेक्ट डे प्रोग्राम भन्ने छ । त्यसमा विशेषगरी साइटको कार्यक्रम हुन्छ । लञ्च १ बजे गरिन्छ । सेकेन्ड हाफ चाहीँ सामाजिक संघसंस्थाका लागि दिन्छु ।

कुन–कुन संस्थामा आबद्ध हुनुहुन्छ ?

नेपाल निर्माण व्यवसायी महासङ्घमा उपाध्यक्ष छु । युथ कम्युनिटी फर नेप्लीज कन्ट्रयाक्टरको अध्यक्ष छु भने इण्टरनेशनल फेडरेशन अफ एसिया र वेष्टर्न प्यासिफिक कन्ट्रयाक्टर्स एशोसिएसनको कार्यसमितिमा पनि छु ।

विभिन्न सामाजिक सङ्घसङ्स्थाको नेतृत्वमा हुनुहुन्छ । यस्तो अवस्थामा व्यवसायलाई चाहीँ कसरी अघि बढाउनु भएको छ ?

समय जानेमा सहजै व्यवस्थापन गर्न सकिने विषय हो । यस्तै हाम्रो ४० वर्ष पुरानो कम्पनी हो । व्यवसाय सिस्टममा चलेको हुन्छ । हामीले डिसिजन गर्ने मात्र हो ।

मनोरञ्जन चाहीँ ?

पहिले भन्दा मनोरञ्जन कम भएको छ । उमेर बढ्दै गएपछि मनोरञ्जन घट्दै जाँदो रहेछ ।

फिल्म कत्तिको हेरिन्छ ?

पहिला खुव हेरिन्थ्यो । तर, त्यो पनि अहिले कम छ । बिहेभन्दा अगाडी धेरै रमाइलो गरियो ।

मन पर्ने खाना ?

चाइनीज ।

ड्रिङ्क्स ?

कहिलेकाहीँ वियर पिउछु ।

ट्राभल ?

मलाई घुम्न एकदमै मन पर्छ । विशेषरी एकल यात्रा गर्छु । एक्लै जिन्दगी बिताउनुको मज्जै बेग्लै हुँदोरहेछ ।

मनपर्ने ठाउँ ?

चेक रिपब्लिगको राजधानी प्राग, अहिलेसम्म २० भन्दा बढी देशको भ्रमण गरे । फुर्सद हुने वित्तिकै भ्रमणमा निस्कन्छु ।

ड्रेस अप ?

बिजनेश म्यान भएकाले सुट त लगाउँनै प¥यो । तर, विशेषगरी फिटिङ खालका क्याजुअल ड्रेसअफ मनपर्छ ।

ब्राण्ड ?

नेपालमा त्यस्तो चुजी ब्राण्ड खासै पाइँदैन । विशेषगरी हिगोवस र ब्रुक्सब्रदर्श ब्राण्ड प्रयोग गर्छु ।

ग्याजेट्स ?

एप्पलको बढी प्रयोग गर्छु ।

पढाई ?

एमबीए । ओपन इन विजनेश स्कुलबाट ।

कुनै व्यवसायी योजना ?

व्यवसायलाई रुपान्तरण गर्ने । यसैसँग सम्बन्धित रहेर कुनै नयाँ व्यवसाय गर्ने योजना छ ।

अव कुन व्यवसायलाई अघि बढाउँदै हुनुहुन्छ ?

कृषिलाई अघि बढाउने सोच बनाएका छौं ।

व्यवसायीक योजना बनाउनु कुनै किताव पढ्नुहुन्छ ?

कुनै एउटा किताव पढेर व्यवसायीक योजना बनाउन सकिँदैन । तर, आफुले पढेको विश्वविद्यालयको अनलाइन छ त्यसमै अध्ययन गर्छु । यस्तै मैले पढ्दाको धेरैवटा किताव छन् त्यसबाट आफुलाई चाहिएको च्याप्टर मात्र पढ्छु ।

नेपालका विजनेश म्यानका राम्रो र नराम्रा पक्ष ?

नेपालका व्यवसायीहरु रिक्स लिन चाहदैनन् । रिक्स लिने क्षमता कम छ । उद्योग गर्नुभन्दा व्यापारमा बढी केन्द्रित छन् ।

अहिलेका व्यवसायीमा मन पर्ने कोही छन् ?

मलाई युवा उद्यमी नै मन पर्छ । जसमा मोरङ अटो वोर्कशको विष्णु अग्रवाल र विशाल ग्रुपको अनुज अग्रवाल मन पर्छ । विष्णु अग्रवालमा कुनै पनि विषयलाई डिटेलमा अध्ययन गर्न सक्ने क्षमता छ भने अनुज अग्रवालमा व्यवसायमा रिक्स लिनुका साथै फास्ट डिसिजन गर्न सक्ने क्षमता छ ।

प्रतिक्रिया दिनुहोस्
MBL