Logo

सेयर लगानीकर्ताले भेटे प्रधानमन्त्री, १२ करोडको सिमा हटाएर तत्काल स्टक एक्सचेन्जको लाइसेन्स दिन माग

सेयर लगानीकर्ताले भेटे प्रधानमन्त्री, १२ करोडको सिमा हटाएर तत्काल स्टक एक्सचेन्जको लाइसेन्स दिन माग



काठमाडौं । सेयर लगानीकर्ताहरुले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेटेका छन् । नेपाल नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पूँजीबजार लगानीकर्ता संघका प्रतिनिधिहरूले प्रधानमन्त्री दाहाल आफ्ना माग राख्नका लागि भेटेका हुन् । उनिहरुले प्रधानमन्त्रीसमक्ष सेयर बजार सुधारका लागि भन्दै ६ बुँदै मागसमेत राखेका छन् ।

जसमा नयाँ स्टक ब्रोकर र स्टक एक्सचेन्जको लाइसेन्स वितरणमा ढिलासुस्ती गर्न नहुने, सेयर कर्जाको १२ करोडको क्याप हटाउनुपर्ने, सेयर कर्जामा लगाईएको जोखिम भारित औसतलाई घटाउनुपर्नेलगायतका मागहरु राखेका छन् । हाल सेयर कजारमा १ सय ५० प्रतिशतको जोखिम भारित औसत कायम गरिएको छ । लगानीकर्ताहरुले यसलाई १ सय प्रतिशतमै सीमित गर्न माग गरेका हुन् ।

यस्तै लगानीकर्ताले लगानीकर्तालाई अल्पकालिन र दिर्घकालिन लगानीकर्ताको रूपमा विभाजन गरी सोहि अनुरूप अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पूँजीगत लाभकर लगाउने व्यवस्था गर्न पनि माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL