Logo

अन्तःशुल्क दरमा ८ देखि १५ प्रतिशत बृद्धि, कुन बस्तुमा कति बढ्यो हेर्नुहोस सुचिसहित

अन्तःशुल्क दरमा ८ देखि १५ प्रतिशत बृद्धि, कुन बस्तुमा कति बढ्यो हेर्नुहोस सुचिसहित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अन्त शुल्क दरमा ८ देखि १५ प्रतिशतसम्म बृद्धि गरेको छ । सरकारले आर्थिक विधेयक मार्फत करका दरहरु परिवर्तन गरेको हो ।

बस्तुहरुको उत्पादन तथा पैठारी गर्दा लाग्ने अन्तःशुल्कमा बढीमा १५ प्रतिशतसम्म बृद्धि गरिएको आन्तरिक राजस्व विभागले बताएको छ । विशेषगरी मानवीय स्वास्थ्य र वातावरणीय स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने वस्तुहरु तथा विलासिताका वस्तुहरुमा अन्तःशुल्कको दर बढाइएको छ ।

सरकाले सवैभन्दा कम वियर र फिल्टर नभएको चुरोटमा अन्तःशुल्क ८ प्रतिशतले बृद्धि गरेको छ । यसैगरी २५ यूपीभन्दा माथीको मदिरा तथा २५ मिमिभन्दा माथीको चुरोटमा १५ प्रतिशतले बढाएको छ ।

सरकाले परिमाणगत र मूल्यगत आधारमा अन्तःशुल्क लगाउँदै आएको छ । मदिरा, चुरोट तथा सूर्तीजन्य पदार्थ एवं फलाम आदिमा परिमाणगत आधारमा र टेलिभिजन, प्लाष्टिकजन्य वस्तु, सवारी साधन आदिमा मूल्यगत आधारमा अन्तःशुल्क लगाइएको छ ।

मदिराजन्य पदार्थ, वियर, मोलासेस जस्ता पदार्थको उत्पादन र बिक्री वितरणको प्रशासन भौतिक नियन्त्रण प्रणाली अन्तर्गत गरिन्छ भने चुरोट, सूर्तीजन्य वस्तु, टेलिभिजन, सवारी साधन, फलाम, पेन्ट्स, प्लाष्टिकजन्य वस्तुको उत्पादनको प्रशासन स्वयं निष्काशन प्रणाली अन्तर्गत गरिएको छ ।

कुन बस्तुमा कति बढ्यो हेर्नुहोस सुचिमा

exices duty

exices duty 1

exices duty 2

exices duty 3

 

 

प्रतिक्रिया दिनुहोस्
MBL