Logo

कालोधन राख्नेमा चीन र भारत अगाडी

कालोधन राख्नेमा चीन र भारत अगाडी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२ पुस, काठमाडौं । विश्वमा कालोधन राख्नेको अग्रपंतीमा चीन र भारत रहेका छन् ।ग्लोवल फाइनान्सियल इन्ट्रीग्रीटी (जीआईएफ) ले गरेको एक अध्ययन अनुसार यी दुई देश अगाडी देखिएका हुन् ।

उक्त अध्ययन अनुसार कालोधन राख्नेमा चीन सबैभन्दा अगाडी रहेको छ । उसले सन् २००३ देखि २०१३ सम्मको १० वर्षको अवधिमा १ हजार २ सय ५२ विलियन डलर कालोधन राखेको छ ।

यसैगरी भातर चौथौं स्थानमा रहेको छ । उसले सो अवधिमा ४ सय ३९ दशमलव ५९ विलियन डलर कालोधन राखेको छ । कालोधन राख्नेको दोस्रो र तेस्रो सुचीमा रसिया र मेक्सिको रहेको छ । ती देशले क्रमशः ९ सय ७३ विलियिन डलर र ५ सय १४ विलियिन डलर कालोधन राखेका छन् ।

जीआईएफले गरेको अध्ययन अनुसार सन् २०१२ मा कालोधन बाहिर पठाउने पहिलो सुचिमा चीन नै रहेको छ । उसले सन् २०१२ मा मात्रै २ सय ४९ दशमलव ५७ विलियन डरल कालोधन मार्फत वाहिर पठाएको थियो ।

यसैगरी भारत कालोधन राख्नको चौथों नम्बरमा रहेपनि सो वर्षमा तेस्रो नम्बरमा रहेको थियो ।सन् २०१२ भारतबाट ९४ दशमलव ७६ विलियन डलर कालोधनको रुपमा वाहिरिएको थियो । यसैगरी दोस्रो सुचीमा रसिया रहेको छ । रसियाले सन् २०१२ मा १ सय २२ विलियन डलर कालोधन वाहिर राखेको उक्त अध्ययनले देखाएको छ ।

१० वर्षको तथ्याङ्कलाई हेर्दा भारतबाट कालोधनको रुपमा प्रतिवर्ष ४३ दशमलव ९६ डलर मिलियन डलर वाहिरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL