Logo

इम्शन कार्यसमितिलाई चेम्बरको स्वागत, अर्थतन्त्रलाई सही बाटोमा लैजान सहकार्य आवश्यक

इम्शन कार्यसमितिलाई चेम्बरको स्वागत, अर्थतन्त्रलाई सही बाटोमा लैजान सहकार्य आवश्यक



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल इकोनमिक मिडिया सोसाइटी नेपालका नवनिर्वाचित कार्यसमितिलाई स्वागत गरेको छ । स्वागत कार्यक्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियानमा इकोनोमिक मिडिया र निजी क्षेत्र एउटै वास्केटमा रहेकोले आर्थिक क्षेत्रका सहि नीति निर्माण र वास्तविक विषयलाई जनमानसमा पुर्याउन इकोनोमिक मिडियाको ठूलो भुमिका रहेको बताए ।

laxmi

सबल अर्थतन्त्र निर्माणका सम्बन्धमा सरकारले प्रतिवद्धता गरेका कतिपय सुबिधाहरु व्यवहारमा उपलब्ध हुन नसकेको बन्दै त्यसलाई कार्यान्यनमा ल्याउन मिडियाले उल्लखेनीय भुमिका खेल्नुपर्ने मल्लले बताए । ‘प्रतिवद्धताहरु शब्दमा मात्र सीमित रहेकाले प्रभावकारी कार्यान्वयनका लागि सम्वन्धित पक्षलाइ घच्घच्याउन मिडियाको भूमिका अपरिहार्य रहेको छ,’ उनले भने, ‘आर्थिक एजेण्डामा हामीहरुको समान दायित्व र भुमिका भएकोले एकआपसमा सहकार्य गर्दै अगाडी वढ्नु जरुरी छ ।’ यस्तै सो कार्यक्रममा चेम्बरका पदाधिकारी लगायत कार्यसमिति सदस्यले अहिले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने धारण व्यक्त गरेका थिए ।

यसैगरी सो अवसरमा इकोनोमिक मिडिया सोसाइटी नेपालका अध्यक्ष रामराजा श्रेष्ठले आर्थिक नीति निर्माणमा पैरवी गर्दै अर्थतन्त्रमा समयसापेक्ष रुपमा देखिने समस्याका विषयमा सरकार र निजीक्षेत्रलाई एकै ठाउँमा राखेर बहश गराई समस्याको समाधान निकाल्ने काम इम्शनले गर्ने बताए । ‘अहिले अर्थतन्त्रमा धेरै समस्या देखिन थालेका छन् तर यसको समाधानका लागि सम्बद्ध सरोकारवालाहरु एकै ठाउँमा बसेर निचोड निकाल्न सकेका छैन,’ उनले भने, ‘अबका दिनमा इम्शनले सरकार, निजी क्षेत्र र अन्य सरोकारवालाहरुलाई एकै ठाउँमा राखेर आर्थिक विषयमा छलफल गराई समस्याको पहिचान र समाधानको बाटो खोज्ने काम गर्नेछ ।’ यसैगरी इम्शनले संस्थागत सुद्धिकरणलाई समेत प्रमुख प्राथमिकतामा राखेर अघि बढेकाले संस्थाको भूमिकामा केही कमीकमजोरी भए सुझाव दिन पनि आग्रह गरेका छन् ।

उक्त अवसरमा नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल तथा उपाध्यक्ष उर्मिला श्रेष्ठ, प्रचारप्रसार समितिका सभापति सन्तोष पाण्डेलयायत चेम्बर कार्यसमिति सदस्यको उपस्थिती रहेको थियो । यस्तै इकोनोमिक मिडिया सोसाइटीका निवर्तमान अध्यक्ष सिताराम बिलासी, उपाध्यक्ष द्धय सोमनाथ वास्तोला र लोचन खतिवडा महासचिव नारायण पौडेल सचिव हिम बिष्ट, सहसचिव बिष्णु जमरकट्टेल, कोषाध्यक्ष केशव भण्डारी सदस्यहरु मिलन खडका तथा सुरेन्द्र पौडेलको पनि उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL