Logo

६ विकास बैंक र ४ फाइनान्स कम्पनीहरुलाई राष्ट्र बैंकको कारबाही, कुन कुन संस्था परे ?

६ विकास बैंक र ४ फाइनान्स कम्पनीहरुलाई राष्ट्र बैंकको कारबाही, कुन कुन संस्था परे ?



काठमाडौं । ६ विकास बैंक र ४ फाइनान्स कम्पनीहरु नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन् । तोकिएको सुचकहरु पुरा नगरेपछि उक्त संस्थाहरुलाई राष्ट्र बैंकले हर्जनासहित कारबाही गरेको हो । उक्त संस्थाहरुमा राष्ट्र बैंकले चालु आवको पहिलो त्रैमासमा गरेको गैर स्थलगत सुपरिवेक्षणको आधारमा कैफियत देखिएपछि विकास बैंक र फाइनान्सलाई नगद जरिवाना गरिएको हो ।

laxmi

राष्ट्र बैंकका अनुसार कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलप्मेन्ट बैंक र सालपा विकास बैंक कारबाहीको भागिदार भएका हुन् । यस्तै नेपाल फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाईनान्स, र प्रोग्रेशिभ फाइनान्सलाई नगद जरिवाना गरिएको छ ।

उक्त संस्थाहरुले अनिवार्य नगद मौज्दात नपुर्याएको, विपन्न वर्ग कर्जा भनेबमोजिम विस्तार नगरेको र कर्जा निक्षेप अनुपात पनि नपुर्याएको देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL