Logo

विदेशमा लगानी गर्न प्रतिवन्ध, अवैध तरिकाले पैसा विदेश पठाए कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी

विदेशमा लगानी गर्न प्रतिवन्ध, अवैध तरिकाले पैसा विदेश पठाए कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी



काठमाडौं । नेपाल राष्ट्र बैंकले अवैध तरिकाले विदेशमा कुनै पनि प्रकारको लगानी नगर्न निर्देशन दिएको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले शुक्रबार एक सूचना सार्वजनिक गर्र्दै ऐनमा तोकिएभन्दा विपरित विदेशमा कुनै प्रकारको लगानीमा रोक लगाएको हो ।

laxmi

पछिल्लो समय क्यापिटल फ्लाईटको समस्या बढिरहेको गुनासो आएसँगै विदेशमा पैसा पठाउने कार्यको राष्ट्र बैंकले नियमनमा कडाई गर्न लागेको हो ।

राष्ट्र बैंकले जारी गरिएको सूचनामा विदेशी विनिमय ऐन २०१९ को दफा १० अनुसार मात्रै विदेशमा लगानी गर्नुपर्ने उल्लेख छ । अर्थात ऐनको उक्त दफामा कुनै पनि नेपाली नागरिकले विदेशमा लगानी गर्दा बैंकले सार्वजनिक सूचना प्रकाशित गरी तोकेबमोजिम मात्रै गर्नुपर्ने व्यवस्था गरिएको छ ।

विदेशमा घरजग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ति खरिद, विदेशी बैंकमा निक्षेप, पूँजीगत कार्य र सोसम्बन्धि प्रचारप्रसारसमेत नगर्न राष्ट्र बैंकले उक्त सूचनामार्फत निषेध गरेको छ । यदि कोही कसैले यसरी लगानी गरेको पाईएमा कानुनबमोजिम कारबाही गरिनेसमेत राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL