Logo

नेपाल राष्ट्र बैंकको सञ्चालक समिति सदस्यका रूपमा सचिव रायको शपथ

नेपाल राष्ट्र बैंकको सञ्चालक समिति सदस्यका रूपमा सचिव रायको शपथ



काठमाडौं । अर्थ मन्त्रालयका सचिव तोयम रायले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा शपथ लिएका छन् ।

सर्वोच्च अदालतमा बिहीबार आयोजित कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश कार्कीले उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव उक्त बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ ।

सोही ऐनको दफा १०८ ९१० मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

शपथग्रहण कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, रजिष्ट्रारद्वय नारायणप्रसाद पन्थी र निर्मला पौडेल, सहरजिष्ट्रार नारायणप्रसाद रेग्मी, नेपाल राष्ट्र बैंकका निर्देशक एवं सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायत अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL