Logo

इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडेको दावी, बाणिज्य बैंकको संख्या ७ वटामा सीमित हुन्छ

इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडेको दावी, बाणिज्य बैंकको संख्या ७ वटामा सीमित हुन्छ



काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले नेपालमा वाणिज्य बैंकको संख्या घटेर ७ वटामा सीमित हुने बताएका छन् । इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको मर्जर पश्चातको एकिकृत कारोबार कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
‘अहिले पहिलो चरणको मर्जर भइरहेको दोस्रो चरणसम्म पुग्दा बैंकको संख्या घटेर ७ देखि ८ वटा मात्र रहनेछन्,’ उनले भने, ‘बैंक जति ठूलो भयो त्यति नै बलियो र निक्षेप पनि सुरक्षित हुनेछ ।’ अहिले बैंक ठूलो भएपछि टु बिग टु फेल हुन्छ भन्ने भनाइ रहेको तर आफु त्यसको पक्षमा नभएको समेत उनले बताए ।

साथै उनले नेपालमा बैंकहरुको वास्तविक नाफा कम भएको भन्दै बैंकहरुलाई नाफाखोर भन्न नमल्निे बताएका छन् । ‘अहिले बैंकहरुको एभरेज रिटर्न ९/१० प्रतिशत मात्रै छ’ उनले भने, ‘देशको मुद्रस्फिती नै ८ प्रतिशतभन्दा माथि भएको देशमा पुँजी लगाएर यति नाफा गरेर चल्न सकिन्छ ?’ साथै अबवादमा रुपमा २र४ वटा बैंकले बढी नाफा कमाएको र त्यो पनि उनीहरुले सेयर र जग्गा बिक्री गरे कमाएका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL