Logo

स्टक ब्रोकर एशोसिएसनको अध्यक्षमा धर्मराज सापकोटा निर्वाचित, चुनियो ९ सदस्यीय कार्यसमिति

स्टक ब्रोकर एशोसिएसनको अध्यक्षमा धर्मराज सापकोटा निर्वाचित, चुनियो ९ सदस्यीय कार्यसमिति



काठमाडौं । नेपाल स्टक ब्रोकर एशोसिएसनको अध्यक्षमा धर्मराम राज सापकोटा निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको अधिवेशनले सर्वलक्ष्मी सेक्युरिटिजका सञ्चालक सापकोटालाई अध्यक्षमा निर्वाचित गरेको हो । उनले २८ मत पाउँदा उनका निकटमत प्रतिद्वन्दी आर्यतारा इन्भेष्टमेण्ट एण्ड सेक्युरिटिजका सञ्चालक गुणनिधी भुषालले १६ मत पाएका छन् ।

एशोसिएसनमा अध्यक्ष बाहेकका सबै पदमा सर्वसम्मत रुपमा पदाधिकारीहरु चयन भएका छन् । जस अनुसार एशोसिएसनको उपाध्यक्षमा लिन्च सेक्युरिटिजकी सरिता अधिकारी र महासचिवमासुनधारा सेक्युरिटिजका फणिन्द्र ढकाल सर्वसम्मत चयन भएका छन् । यस्तै सचिवमा स्वेता सेक्युरिटिजका सुयोग अधिकारी र कोषाध्यक्षमा नासा सेक्युरिटिजका मदन पौडेल सर्वसम्मत भएका हुन् ।

यस्तै सदस्यहरुमा प्रियान्सु अग्रवाल, मित्रलाल श्रेष्ठ र प्रज्जवल उप्रेती सर्वसम्मत भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL