Logo

इकोनमिक मिडिया सोसाइटीको अध्यक्षमा रामराजा श्रेष्ठ निर्वाचित, ११ सदस्यीय कार्यसमिति चयन

इकोनमिक मिडिया सोसाइटीको अध्यक्षमा रामराजा श्रेष्ठ निर्वाचित, ११ सदस्यीय कार्यसमिति चयन



ललितपुर । आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन)मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शुक्रबार सम्पन्न संस्थाको पाँचौं बार्षिक साधारणसभाले बिजखबर डटकमका सञ्चालक रामराजा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

यसैगरी साधारणसभाले उपाध्यक्षद्धयमा बिजशाला डटकमका सोमनाथ बास्तोला, बिजपाटी डटकमका सञ्चालक लोचन खतिवडा, महासचिवमा सिंहदरबार डटकमका नारायण पौडेल, सचिवमा टक्सार म्यागाजिनका हिम विष्ट, सहसचिवमा अर्थपथ डटकमका बिष्णु जम्कटेल (तारुके), कोषाध्यक्षमा इन्स्योरेन्स खबर डटकमका केशव भण्डारीलाई चयन गरेको छ ।

यसैगरी सदस्यहरुमा अर्थसरोकार डटकमका सुरज प्याकुरेल, अर्थसंसार डटकमका मिलन खड्का, आर्थिकआवाज डटकमका सुरेन्द्र पौडेल र अर्थतन्त्र डटकमकी सुवद्रा थापा सर्वसम्मत चयन भएका छन् ।

आर्थिक मिडियाहरुको व्यवसायिक विकास र दक्षता वृद्धिका लागि ६ बर्षअघि स्थापना भएको इम्शनको अध्यक्षमा यसअघि कर्पोरेट नेपालका सीताराम विलासी अध्यक्ष थिए । उक्त संस्थाले विभिन्न खालका आर्थिक विषयमा बहस संचालनका साथै नीतिगत सुधारका लागि पहल गर्दै आएको छ । हाल इम्शनमा विभिन्न विधाका २७ वटा आर्थिक मिडियाहरु आवद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL